Browsing: नगरपालिका

राष्ट्रिय महिला आयोग काठमाण्डौंको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा महिला उद्यमशिलता विकासका लागि अन्र्तक्रिया गरिएको छ ।

गल्याङ नगरपालिकाको ११ औं सभा सम्पन्न गरेको छ । नगरसभामा पालिकाका नीति तथा कार्यक्रम लगायत बिबिध बिषयमा जानकारी गराउदै नगर प्रमुख गुरुप्रसाद भट्टराईले नगरपालिकालाई शैक्षिक अनुसन्धान केन्द्रको रुपमा विकसित गर्ने प्रमुख लक्ष्य लिएको जानकारी दिनुभयो ।

चापाकोट नगरपालिकाले आर्थिक वर्ष २०७९–८० का बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको ११ औँ नगरसभामा २०७९–८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय, प्रदेश र स्थानीय सरकारको गरी कुल ६१ करोड ३४ लाख ७८ हजार रुपैयाँको बजेट नगर उपप्रमुख ईशा रानाले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

वालिङ नगरपालिकाले आ।व।२०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको १२ औँ नगरसभामा नगर उपप्रमुख कविता तिवारी गैह«ेले बजेट सार्वजनिक गर्नुभएको हो ।

नगरपालिकाको आ।व।२०७९÷०८० को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न संघीय,प्रदेश र स्थानीय सरकारको गरी कुल ९१ करोड ८२ लाख २० हजार रुपैयाँको बजेट नगर उपप्रमुख तिवारीले नगरसभामा प्रस्तुत गर्नुभएको हो ।

बिहिबार नगरसभामा प्रस्तुत बजेटको ४५।८ प्रतिशत चालुतर्फ तथा ५४।२ प्रतिशत पूँजीगत तर्फ रहेको छ ।

‘शिक्षा स्वास्थ्य र पूर्वाधार, समुन्नत पुतलीबजारको आधार’ भन्ने मूल नाराका साथ प्रस्तुत गरिएका नीति कार्यक्रम सहित बिभिन्न बिधेयक र बजेट पारित भएको छ ।

प्रायजसोः तराईका भूमागमा उत्पादन हुने आँप र लिचि स्याङ्जामा पनि गरिने भएको छ। तराईका वातावरणसंग मिल्दोजुल्दो हावापानी भएका कारण पहाडी जिल्लामा पहिलो र एकमात्र आँप र लिचि जोन संचालनमा ल्याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याङ्जाले जनाएको छ।

स्याङ्जा ८ असार । बर्षातको मनसुन सुरुभैसकेको र जिल्लामा पनि विपदजन्य घटना हुन सक्ने जनाउदै स्याङ्जाका ११ वटै पालिकालाई पूर्वतयारी…

स्याङ्जा ८ असार । स्याङ्जाको वालिङमा रहेको न्यू गाउँवेशी बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार वालिङमा ५० प्रतिशत अनुदानमा कृषि औजार हस्तान्तरण…

जिल्ला अदालत स्याङ्जाको आयोजना तथा उच्च अदालत पोखराको सहयोगमा न्यायमा बाह्य पहुँच कार्यक्रम गरिएको छ । स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै उच्च अदालत पोखराका कायम मुकायम मुख्य न्यायधीश डिल्लीराज आचार्यले कानून अझैं पनि न्यायपूर्ण नभएको बताउनुभएको छ ।

बढ्दो रासायनिक मलको प्रयोगलाई नियन्त्रण गर्ने उदेश्यले आपसी सहयोग केन्द्र स्याङजा नेपाल (आस्क) ले जनप्रतिनिधि सहित सरोकारवालाबीच छलफल एवं सुझाव लिएको छ ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटीले परम्परागत कृषि प्रणालीका राम्रा बिशेषता अवलम्बन गर्दै कृषिमा आत्मनिर्भर बन्नु पर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिले नगरभित्रबाट बिभिन्न पदमा निर्वाचित ४९ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेमा नेपाली कांग्रेसका जिल्ला सभापतिदेखि स्थानीय तहमा निर्वाचित वडासदस्य सम्मका हुनुहुन्छ ।

जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा नेपाली कांग्रेसका श्रीप्रसाद जिटी र उपप्रमुखमा नेकपा एमालेका खडगराज सुवेदी लगायतका ९ सदस्यले बुधवार सपथ ग्रहणसंगै पदबहाली गरेका छन्।