Browsing: नगरपालिका

पुतलीबजार नगरपालिकाले पटके सवारी कर खारेज गर्ने निर्णय गरेको छ। शनिवार बसेको बैठकले पुतलीबजार नगर क्षेत्र भित्र सडक उपयोग गरे वापत लिईने शुल्क नलिने भएको हो।
स्थानीय पालिकाले जथाभावी कर लगायो भन्ने गुनासा सुनिरहेका बेला पटके सवारी कर नलिने भन्दै जिल्लामै पहिलो पटक पुतलीबजार नगरपालिकाले यस्तो निर्णय गरेको हो।

सामाजिक विकास कार्यालय स्याङ्जाले समिति तथा खर्च सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक समिक्षा तथा खर्च सार्वजनिक कार्यक्रम मार्फत खर्च सार्वजनिक गरिएको हो ।

स्वास्थ्य कार्यालय स्याङ्जाले आज सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दिर्घकालिन सेवाका लागि सम्मान सहित विदाई गरेको छ ।

सुरक्षित आप्रवासन (सामी) परियोजनाबारे जिल्ला स्थित पत्रकारहरुसंग अन्र्तक्रिया गरिएको छ । पुतलीबजार नगरपालिकाको आयोजनामा आयोजित सामी परियोजना बारे छलफल एवं सुझाव संकलन कार्य गरिएको हो ।

नेपालका लागि अष्टे«लियन राजदुत फेलिसिटी भोल्कले महिलालाई सक्षम बनाउन सके मात्र स्थानीय सरकार सफल हुने बताउनुभएको छ । महिला सक्षम र आर्थिक रुपमा बलियो बनाउन नितिगत ब्यवस्था गरिनुपर्नेमा उहाले जोड दिनुभयो ।

पुतलीबजार नगरपालिकाका ८५ जना महिला किसानलाई बाख्रा तथा कुखुरा पालनका लागि आवश्यक सामाग्री प्रदान गरिएको छ।

नेपाली कांगे्रस जिल्ला कार्यसमिति स्याङ्जाले जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ । नेपाली कांग्रेसका तर्फवाट निर्वाचित समन्वय प्रमुखदेखि वडा सदस्यसम्मका बिजयी २ सय ७७ जनालाई सम्मान गरिएको हो।

वालिङ् नगरपालिका १० का शिरि पंगेनीको उपचारका लागि उनका परिवारले सहयोगको याचना गर्नुभएको छ ।
१८ बर्षिय छोरा शिशिरलाई रक्तक्यान्सर पुष्टी भएको र उपचारका लागि लाखौं रुपैंया लाग्ने भएकाले उहाका बुवा रामु पंगेनीले सहयोगी मनहरुसंग सहयोगको याचना गर्नुभएको हो ।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजना तथा करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा अनलाईन विलिङ अभिमूखीकरण कार्यक्रम गरिएको छ ।

वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले पशुजन्य उत्पादनको वृद्धिबिना समृद्धि संभव नभएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले सवारी साधनमा प्रदेश सरकारले बढाएको कर शुल्क हटाउन माग गर्नुभएको छ। आन्तरिक मामिला मन्त्री दोबाटेसंगै स्याङ्जा सदरमुकाममा आयोजित कार्यक्रममा शुक्रवार सहभागी हुनुभएका सांसद मल्लले बढाईएको शुल्क तत्काल हटाउनु पर्ने बताउनुभएको हो।

बाइसे राज्य अन्तरगतको तत्कालीन नुवाकोट दरबारका गढी, चौतारा र पुराना टुँडीखेल नेपाली सेनाले संरक्षण गरी हस्तान्तरण गरेको छ।

बालकदेखि नै कृषि शिक्षातर्फ आर्कषण बढाउने उदेश्यले स्याङ्जाको भीरकोट नगरपालिकाले भाग्योदय मावि उजेलीडांडामा थप कृषि प्राबिधिक बिषय पनि पढाउदै आएको छ। बिद्यालयले १८ महिने जेटिए प्राबिधिक कक्षा संचालन गरेरै सैद्धान्तिक एवं ब्यवहारिक शिक्षा पढाउदै आएको हो।

गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्नेे बताउनुभएको छ ।