Browsing: नगरपालिका

जिल्ला प्रहरी कार्यालयद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत काजीमान हरिटीका माध्यमिक विद्यालयमा लागु औषध सम्बन्धी प्रशिक्षण सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विद्यालयमा पुगेर सचेतना कार्यक्रम गरेको हो ।

पुतलीबजार  नगरपालिका ३ स्थित सहयात्री को अपरेटिभ लिमिटेड स्याङ्जाको ११ औं बार्षिकोत्सव अवसर पारेर सपिङ ब्याग अर्थात ( किनमेल गर्ने झोला) बितरण गरेको छ ।

संगठित हिन्दु सामर्थ नेपाल भन्ने मुल नाराका साथ हिन्दु स्वयंसेवक संघ नेपाल स्याङ्जाले हिन्दु धर्म, संस्कार र संस्कृति सम्बन्धी स्याङ्जा सदरमुकाममा बुधवार प्रशिक्षण कार्यक्रम गरेको छ ।

बिभेदयुक्त तलब सहित वृद्धि बिकास गरेको भन्दै स्याङ्जाका राजपत्रअनंकित कर्मचारीले असन्तुष्ट प्रकट गर्दै बुधवार विहान एक घण्टा धर्ना दिएका छन्।

स्याङ्जा २३ साउन । म्ुाुक्तिनाथ कृषि कम्पनीको आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा हिजो स्याङजा सदरमुकाममा कृषि सम्बन्धी अन्र्तक्रिया गरिएको…

आफनै ६ महिने नावालिका छोरीलाई अस्थायी शौचालयको खाल्टोमा फालेको आरोपमा २२ बर्षिया लक्ष्मी राना र उनका प्रेमि केदार कुमाल पक्राउ परेका छन्।

वालिङका उद्यमीलाई बित्तिय साक्षरता र नविनतम प्रबिधिको प्रयोग बारे छलफल गरिएको छ । वालिङ नगरपालिका काकृषक तथा उद्यमीहरुले उत्पादनसँगै आधुनिक प्रबिधिको प्रयोग गरेर बजारीकरण गर्न आवश्यक रहेको बताएकाछन् । कार्यक्रममा बोल्ने कृषक तथा उद्यमीहरुले आधुनिक प्रबिधिको प्रयोग र महत्वका बारेमा खुलेर बहस गरेका थिए ।

नेपाल क्षयरोग निवारण संस्थाको स्यांजाको १२ औं जिल्ला अधिवेशनले बिष्णुप्रसाद पौडेलको सभापतित्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

पछिल्लो समय स्याङ्जाका गायिका तथा गायक द्धय सुनीता पौडेल, राजेश भण्डारी र समित सुनारको लय र शब्द मिलन बिश्वकर्माको ‘मादलुको ताल’ ले बजारमा चर्चा पाएको छ। गाउँघरमा यी गीत घन्केका छन्। गीतमा तीजको मौलिकपन दिन खोजिएको छ।

ट्राफिक कार्यालय स्याङ्जाले राजमार्गमा गुड्ने सवारी साधनका नम्बर प्लेट देखिनेगरी सिसि क्यामरा जडान गरेको छ। जसका कारण ट्राफिक प्रहरीलाई सुक्ष्म अनुसन्धानमा समेत सहज हुने देखिएको छ।

आचार्य श्री बालबृष्णको महाराजको ५० औा जन्मदिन तथा जडीबुटी दिवसको अवसरमा वालिङमा रक्तदान गरिएको छ । पतञ्जली योग समितिको आयोजनामा रक्तदान गरिएको हो ।

राष्ट्र्यि स्वतन्त्र पार्टीले स्याङ्जामा आफनो शाखा विस्तार गरेको छ। जिल्ला शाखासंगै भीरकोट र वालिङ् नगरपालिकामा सम्पर्क कार्यालय पनि स्थापना गरेको जनाएका छन्।

स्याङ्जा सदरमुकाममा स्थापित लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय र सामुदायिक स्याङ्जा रेडियो तथा टेलिभिजनको आठौं अधिबेशनले धुवबन्धु पौडेलको अध्यक्षतामा १९ सदस्यीय संचालक समिति निर्बिरोध चयन गरेको छ ।