स्याङ्जा ५ कात्तिक । चापाकोट नगरपालिका ४ मल्याङकोटका ४५ बर्षिय गोबिन्द पुरी प्रहरी नियन्त्रणमा छन्। घाईते पुरी उपचारपछि घर फर्के लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनलाई नियन्त्रणमालिई अनुसन्धान सु्रु गरेको जनाएको छ ।
शनिवार साँझ उनको तीन तले घरको माथिल्लो तलाबाट दोश्रो तलामा भाडाकुडा सार्ने तथा झार्ने क्रममा सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ। बिष्फोटमापरि पुरी घाईते हुनुका साथै उहाको घरमा समेत क्षति पुगेको थियो ।
घरभित्र बिष्फोट भएपछि प्रहरी अनुसन्धानका क्रममा हाई एक्सप्लोसिभ पिइके ९ सय ग्राम, डेटकड २ वटा १ मीटर ५ सेमी, जंगी राउण्ड ७ दशमलब ६२ एमएम का एउटा, खाली खोका २ थान भेटिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बिष्फोटक सामाग्री सहित पुरी प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । पुरी २ बर्षअघि नेपाली सेनाबाट अबकाश भएका थिए । बुवाआमासंग दशैंको टिका लगाउन लागि यहाँ आउनु भएका उहा सुनवल बस्ने गरेको बताइएको छ ।