स्याङ्जा १० बैशाख । भीरकोट नगरपालिकाका महिलाहरुलाई लक्षित गर्दै मादल बजाउन सिकाउने तालिम सुरु भएको छ ।
गाउघरमा रहेको सस्कृति तथा धार्मिक कार्यक्रममा मादल बाद्यबाजक रुपमा प्रयोग हुनेहुदा र परम्परागत सांस्कृतिक महत्वका बस्तु मादलको उपयोग गर्ने उदेश्यले तालिम उपलब्ध गराइएको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो ।
उपप्रमुख भगवती अर्यालले आफु वडामा पुग्दा धेरै महिला दिदीवहीनीका माग मादल बजाउन सिक्न पाउ भन्ने भएको हुदा पनि यस तालिम संचालन गरिएको बताउनु भयो। उहाले वार्ड न. १,२,४,९ अघिल्लो बर्ष वडा नं ६ र ७ मा यसबर्ष संचालन भैसकेको हुदाँ अब वडा नं ३,५,८ मा दिने तयारी भैरहेको जानकारी दिनुभयो ।
पाँच दिने तालिममा भीरकोटका प्रशिक्षक श्याम जि.टी. ले प्रशिक्षण दिनुभएको छ। नगरपालिकाको बार्षिक कार्यक्रम अनुसार नगरपालिकाको सबै वडाभित्रका आमा समुहलाई मादल बजाउन सिकाउने तालिम दिइने भएको हो ।