स्याङ्जा १५ पुस । भीरकोट नगरपालिकामा संचालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ३६ अंक प्राप्त गरेर भाग्योदय माध्यमिक विद्यालय प्रथम भएको छ ।
यसैगरी ३० अंक प्राप्त गर्दै सहिद शुक्र मा.वि. बानेथोक देउराली द्वितीय र २४ अंक प्राप्त गर्दै दहथुम मा.वि. तृतीय भएको छ।
भू. पू. आवासीय मा.वि. ले २२ अंक, कन्साइन्स मा.वि. ले १८ अंक, बालज्योती अंग्रेजी आवासीय माध्यमिक विद्यालय १८ अंक , बालोदय अंग्रेजी आवासीय माध्यमिक विद्यालयले १२ अंक , पब्लिक एकेडेमीले ८ अंक पदक हात पारेका छन्।
प्रतियोगितामा सहभागी १७ वटा माध्यमिक विद्यालय मध्य ४ वटा विद्यालयले कुनै पनि पदक जित्न सकेनन्। धेरै पदक जितेका विद्यालयहरूले नियम विपरीत खेलाडी खेलाएकाले रनिङ शिल्ड कुनै पनि विद्यालयलाई नदिइएको खेलकुद समितिका संयोजक एवं नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो।
प्रतियोगितामा छात्र र छात्राहरूले सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १ हजार ५ सय मिटर दौड, १ हजार ४ सय मिटर रिले, ४ हजार ४०० मिटर रिले, कपर्दी, भलिबल, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सट पुट, र ज्याभ्लिन थ्रोजस्ता खेलमा प्रतिस्पर्धा गरिएको थियो ।
बिजयी प्रतियोगीलाई पुरस्कृत गर्दे नगरप्रमुख गोबिन्दकुमार कर्माचार्यले खेल शारीरिक तन्दुरुस्तीका लागि मात्र नभएर व्यक्तित्व विकाससँगै राष्ट्रको लागि पनि फाइदाजनक भएको बताउनुभयो । अनुशासित भएर खेल्दै जादा भीरकोटमा मात्र नभएर देश विदेशमा समेत चिनिन र चिनाउन सकिने उहाको भनाई छ ।
कार्यक्रममा खेल संयोजक एवं प्रबक्ता दिपेन्द्र केसी ,वार्ड न ७ का अध्यक्ष ताराप्रसाद अर्याल, ३ का अध्यक्ष क्या.केशरबहादुर खड्का, ५ का अध्यक्ष सु.कृष्ण बहादुर थापा, ६ का अध्यक्ष लक्षमण खत्री लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
उपप्रमुख भगवती अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन ८ का अध्यक्ष नन्दु खनालले गर्नु भएको थियो।
सोही कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष नवराज पौडेल र अन्डर १९ भलिबल खेलाडी जितबहादुर एस.के. लाई सम्मान गरिएको थियो। अध्यक्ष पौडलले जिल्लामा नैतिक शिक्षा विषयको पठनपाठन गर्न र शैक्षिक तथा धार्मिक क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो। खेलाडी एस. के. लाई खेलकुदको क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै सम्मान गरिएको हो।