Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, December 21
    Trending
    • प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक
    • संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी
    • आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो
    • स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस
    • रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने
    • रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई
    • स्याङ्जाका ब्यवसायी, बैकर्स र बिद्याथीलाई लगानीकर्ता शिक्षा
    • वालिङका २४ युवालाई कफीमा बारिस्टा बनाउने तालिम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बालगृहका बालबालिकालाई सीप सिकाउदै
    फेदिखोला गाउँपालिका

    बालगृहका बालबालिकालाई सीप सिकाउदै

    Syangja SandeshBy Syangja SandeshDecember 31, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १५ पुस । अमोर सेवा बालगृहमा पौष १४ र १५ गते फरक दृश्य देखियो । प्रायस् पढाइ लेखाइ र अन्य शैक्षिक गतिविधिमा रहने बालगृहका बालबालिका कोही दुना टपरी बुन्दै थिए त कोही ज्योती बाल्न प्रयोग हुने बाती बनाउदै थिए भने कोही डोको र नाम्लो बुन्दै थिए ।

    यो सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा भएको जेष्ट नागरिकमा भएको ज्ञान,सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरणको कार्यक्रमको दृश्य हो । बालगृहमा रहनुभएका ३८ जना बालबालिकालाई हाम्रो मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्धेश्यले बालबालिकालाई टपरी र दूना बुन्न, बाती बनाउन, डोका तथा डस्टबिन बनाउन विभिन्न क्षेत्रमा सीप हासिल गर्नु भएका जेष्ठ नागरिकहरुले प्रशिक्षण गरिएको थियो।

    कार्यक्रममा जेष्ठ नागरिकले बालबालिकालाई भजन कृतन समेत सिकाउनु भएको थियो । कार्यक्रममा बोल्नुहुदै बालगृह सञ्चालिका कमला पराजुलीले आफ्ना बालगृहमा रहेका छोराछोरी हरेक क्षेत्रमा सक्षम रहेको र छिटो समयमै विभिन्न सीप सिक्न सफल भएकोमा खुसी व्यक्त गर्नु भयो । फेदीखोला गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमृत क्षेत्रीले हाम्रो हरेक सीपलाई रोजगारसँग जोड्दै अगाडी बढ्नु पर्ने कुरामा जोड दिनु भयो ।

    सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेलले जेष्ठ नागरिकमा विभिन्न क्षेत्रको अनुभव र सीप रहेको बताउदै त्यसलाई पुस्तान्तरण गर्दै जानु पर्ने र त्यसमा सामाजिक विकास कार्यालय स्याङ्जाले पुलको काम गर्न तयार रहेको कुरा बताउनु भयो । साथै बालगृह सञ्चालन गरेर मानव कल्याणको महान् कार्य गरेको भनेर बालगृह सञ्चालिका कमला पराजुलीलाई धन्यबाद व्यक्त गर्नु भयो ।

    कार्यक्रममा सामाजिक विकास कार्यालय स्याङ्जाको तर्फबाट बालसाहित्य सँग सम्बन्धित ३० वटा पुस्तकहरु हस्तान्तरण गरिएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025

    रोशनीको ह्याट्रिक, राष्ट्रपति रनिङ शिल्ड पुतलीबजारको उपाधी रोशनीलाई

    December 14, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025

    स्याङ्जा काँग्रेसद्धारा पूर्वबैंकर्स ढकालको उम्मेद्वारी सिफारिस

    December 16, 2025

    रास्वपाको रयापिड एक्सन टीमको संयोजकमा लामिछाने

    December 16, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    प्रदेशसभा सदस्य भोजराज अर्याललाई पुत्रशोक

    December 16, 2025

    संस्थागत विद्यालय अध्यापक संघ स्याङजाको अध्यक्षमा पंगेनी

    December 16, 2025

    आरन चलाउन कोइलाको समस्या, विस्थापित हुने क्रम बढ्दो

    December 16, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.