स्याङ्जा ४ माघ । आँधीखोला गाउँपालिका ५ कृषि स्थित कृषि—ओहिया सडकखण्डमा शुक्रबार राती करिब ११ बजे टिप्पर दुर्घटना भएको छ। एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ४ घाईते भएका प्रहरीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाईते भएका पर्वत कृश्मा नगरपालिकाका ३७ वर्षीय चन्द्रबहादुर नेपालीको क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो भने अन्य ४ जना उपचाररत रहेको प्रहरी नायब उपरिक्षक हरिप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सल्यान सारदा नगरपालिकाका १५ बर्षिय हरि परियार, स्याङ्जा आधीखोलाका ३३ बर्षिय कमल नेपाल, चितवन राप्ती नगरपालिकाका ४१ बर्षिय प्रकाश विक र ४१ बषिया सुमित्रा विकको भने सोही अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
भित्री कच्ची सडकमा कृषिबाट ओहिया तर्फजाँदै गरेको ग १ क ५१३९ नम्बरको आराम्भ निर्माण सेवाको टिप्पर दुर्घटना भएको हो। सो टिप्पर सडक देखि अन्दाजी ५० मिटर तल खसेको र घटना बारे अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।