Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, November 6
    Trending
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    • जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग
    • राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
    • वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
    • गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
    • जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
    • उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
    • यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम
    प्रदेश २

    ४ वर्षपछि जनकपुरधाम नै प्रदेश २ को स्थायी राजधानी कायम

    Syangja SandeshBy Syangja SandeshJanuary 18, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जनकपुर ३ माघ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो । दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो ।

    प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो । प्रदेश सभामा हाल कायम रहेका १ सय ४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए ।

    जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको सभामुख सरोज यादवले बताउनुभयो । राजधानीका लागि पनि जनकपुर र वीरगञ्जलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएको थियो । तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुङ्गो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो ।

    प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो । समितिको प्रस्ताव हिजोको प्रदेश सभा बैठकमा पेस भएको थियो । आजको प्रदेश सभामा सबै प्रस्तावकहरूको तर्फबाट परमेश्वर साहले प्रस्ताव पेस गरेपछि मतदान भएको थियो । सो प्रस्तावमा संसद्को दुई तिहाइ मत नआएमा दोस्रो प्रस्ताव र त्यसमा पनि दुई तिहाइ मत नआए तेस्रो प्रस्तावमा मतदान हुने समितिको सिफारिसमा उल्लेख थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मधेशको मुख्यमन्त्रीमा सरोज यादव

    January 11, 2023

    प्रदेश २ प्रमुखमा हरिशंकर मिश्र नियुक्त

    August 17, 2021

    प्रदेश २ मा ३३ अर्ब ७९ करोड बजेट

    June 15, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025

    वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम

    November 3, 2025

    गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ

    November 3, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    कृषकका असल साथी, सम्झनामा माधव सर

    November 5, 2025

    जापान सरकारद्धारा वालिङलाई अत्याधुनिक दमकल सहयोग

    November 5, 2025

    राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा

    November 3, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.