Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, August 26
    Trending
    • आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै
    • ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ
    • वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी
    • स्थानीय शिल्पीलाई प्रोत्साहन देउ
    • हरितालिका तीज सुरु, आज दर खाने दिन
    • स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो
    • वालिङमा एक महिने कुक तालिम सम्पन्न
    • तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ, दस दिनको म्याद थप
    वालिङ् नगरपालिका

    हेलिकोप्टर पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ, दस दिनको म्याद थप

    Syangja SandeshBy Syangja SandeshJanuary 24, 2023No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १० माघ । वालिङ्मा भएको प्रभु हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्ने ६ जना पक्राउ परेका छन्। स्याङ्जा प्रहरीले पाइलट रानेश डंगोलमाथि कुटपिट गर्नेहरूलाई सोमबार बेलुका पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा वालिङ नगरपालिका(९ का यमबहादुर गुरुङ र सोही नगरपालिका(८ का सुरेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। प्रहरीले हेलिकोप्टर चार्टर्ड गर्ने चार जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा वालिङ नगरपालिका(९ का विनोद गैरे, सुशील गिरी, उज्वल थापा र खिमबहादुर राना रहेका छन्।

    उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख राजिवबहादुर बस्नेतले पाइलटमाथि कुटपिट गर्नेहरूलाई पक्राउ गरेको बताए। ुपक्राउ परेकाहरूबारे हामीले अनुसन्धान गरिरहेका छौं,ु उहाले भन्नुभयो ।
    उनीहरूले माघ ५ गते पोखराबाट प्रभुको हेलिकोप्टर चार्टर्ड गरी वालिङ लगेका थिए। वालिङ फुटबल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेकै अवस्थामा हेलिकोप्टर अवतरण गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।

    पक्राउ परेका उनीहरूलाई प्रहरीले प्रक्राउ परेकाहरूको अनुसन्धान गर्नका लागि प्रशासनले प्रहरीलाई दस दिनको समय दिएको छ।

    घटनापछि पाइलट डंगोलले जिल्ला प्रहरी कार्यालय वालिङमा जाहेरी दर्ता गर्नुभएको थियो । उहाले विगत ८ वर्षदेखि प्रभु हेलिकोप्टर कम्पनीमा अपरेशन डिरेक्टर, चिफ पाइलट र लाइन पाइलटको रूपमा पोखरामा कार्यरत रहेको र गत ५ माघमा स्याङ्जाको वालिङ बजारमा फ्लाइट लिएर जानुपर्ने सूचना र अनुमति पाएको जाहेरीमा उल्लेख गर्नुभएको छ ।

    फ्लाइटमा सवार विनोद गैरै, उज्वल थापा, सुशील गिरी र खिम बहादुर रानाले आफूहरू आयोजकमध्येकै भएको भन्दै जबर्जस्ती खेल मैदानमा अवतरण गराएको उनले जाहेरीमा उल्लेख गरेका छन्।

    ुवालिङ पुगिसकेपछि मैले हेलिकोप्टर ल्याण्ड गर्नुपूर्व खेल मैदानमा ल्याण्ड नगरी मैदान बाहिर नै ल्याण्ड गर्छु भनेकोमा जबर्जस्ती हेलिकोप्टरमा सवार उनीहरूले आयोजकलाई जानकारी गराइसकेको भन्दै मलाई निर्दिष्ट गरेकै स्थानमा हेलिकोप्टर ल्याण्ड गर्न विवश बनाए,ु जाहेरीमा पाइलट डंगेलले भन्नुभयो ।

    हेलिकोप्टर ल्याण्ड गर्नासाथ केही व्यक्तिहरूले नियन्त्रणमा लिएर अत्यन्त अभद्र र अमर्यादित व्यवहार गरेको, लछारपछार गरी शरीरको संवेदनशिल अंगमा अन्धाधुन्द लात्ती र मुक्का हानेको, टाउको, नाक, मुख, आँखा र छातीमा निर्घातरूपमा कुटपिट गरेको पाइलट डंगोलले जाहेरीमा भनिएको छ ।

    ुमलाई बोल्ने मौकासमेत नदिई अभद्र तवरले सांघातिकरूपमा ममाथि एकतर्फी हमला गरेकाले म निरीह, घायल र मरणासन्न भएँ,ु उहाले जाहेरीमा भन्नुभएको छ, ुनिर्घात कुटपिटको कारण मेरो आँखा र नाकबाट रगत बगिरहेकै अवस्थामा केही व्यक्तिहरूले तत्काल फ्लाइट लिएर फर्किहाल्नुस् अन्यथा जे पनि हुनसक्छ भन्दै धम्क्याए।ु

    उहाले आफू घाइते अवस्थामा हेलिकोप्टर उडाउन सक्दिनँ भन्दासमेत उनीहरूले पोखरा फ्लाइट गर्न विवश बनाएको जाहेरीमा उल्लेख छ । उहाले नेपाल नागरिक उड्ययन ऐन, २०७१ को परिमार्जित ऐन नेपाल नागरिक उड्ययन ऐन २०७३ दफा ८० ९१० अनुसार हवाई उडान सुरक्षाविरुद्धको कसूर र मुलुकी अपराध संहिता २०७४ को दफा ११८ ९१० बमोजिम अभद्र व्यवहारको कसूरमा हदैसम्मको कारबाही माग गर्नुभएको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025

    स्वमुल्यांकनमा भीरकोट नगरमा पहिलो, समग्रमा दोश्रो

    August 25, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025

    स्थानीय शिल्पीलाई प्रोत्साहन देउ

    August 26, 2025

    हरितालिका तीज सुरु, आज दर खाने दिन

    August 25, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आज हरितालिका तीज, नारीहरु महादेवको पूजाआजा गर्दै

    August 26, 2025

    ज्यानै जानेगरी कुटपिटमा संलग्न ८ जना पक्राउ

    August 26, 2025

    वालिङमा निर्बन्ध लेखनको विमर्श एवं रचना वाचन गोष्ठी

    August 26, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.