Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, June 9
    Trending
    • आजदेखि ट्राफिक सप्ताह सुरु
    • पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल
    • इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै
    • भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु
    • राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई
    • जडिबुटी संकलन गर्ने ३ जना प्रहरी नियन्त्रणमा
    • सिर्जनात्मक लेखनमा अर्जुनचौपारीका चिल्ड्रेन्स एकेडेमीका गगन प्रथम
    • प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हरियाली उद्यान र टावरमा बढ्दो आकर्षण
    बिबिध

    हरियाली उद्यान र टावरमा बढ्दो आकर्षण

    Syangja SandeshBy Syangja SandeshSeptember 18, 2021Updated:September 28, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा २ असोज । रामकोष स्थित हरियाली उद्यान सहितको टावर पर्यटकीय गन्तब्य बनेको छ। जिल्लामा संक्रमण दरमा कमी आएको जनाउदै स्मार्ट लकडाउन सुरुभएसंगै टावरमा रमाउने संख्या बढेको पनि छ।
    पुतलीबजार नगरपालिका ४ स्थित रामकोष सिद्धार्थ राजमार्गको छेवैमा पर्छ। राजमार्ग भन्दा करिब १५ मिनेटको पैदलयात्रापछि पुगिने हरियाली उद्यान, मन्दिर र पोखरीमा फोहोरा सहितको शिवमूर्ति र आर्कषित टावर यहाँका प्रमुख बिशेषता हुन।
    हरियाली उद्यानमा रमेर टाढा टाढाको प्राकृतिक दृश्यावलोकन गर्न टावर चढ्नेका लागि उपयुक्त स्थल छनौटगरी निर्माण गरिएको टावर नगरको प्रमुख पर्यटकीय स्थलका रुपमा चिनिएको छ।
    पुतलीबजारमा रमणीय स्थलको खाँचो भैरहेको बेला स्याङजा भ्यू टावरको नाम दिएर स्थापित टावरले सबैलाई आर्कषित बनाएको छ। हरियाली उद्यानमा निर्मित टावर नगरकै नमूना पर्यटकीय स्थल हो।
    कार्यालयमा कामकाजी ब्यक्तिहरु, ब्यवसायी तथा बिद्यार्थीहरुको रोजाईमा छ। घरमा बस्दा बस्दै थकित बनेका गृहीणी पनि यहाँ प्रकृतिसंगै रमाउदै फोटो खिच्ने पनि धेरै हुन्छन आजकल। कोरोना संक्रमणले बाहिर जान नसक्नेका लागि केही क्षण रमाउने उपयुक्त स्थल पनि बनेको छ।
    टावरबाट स्याङजाको मुख्यबजार लगायत वरपरका दृश्यावलोकन गर्न सकिन्छ। अग्लो डाँडा अनि त्यसमाथि बनाइएको २ तले भवनबाट प्रकृतिलाई नियाल्दै गर्दा मनै प्रफुलित हुने बताउछिन् पुतलीबजारकी राधा अर्याल।
    ससाना बालबालिकादेखि प्रोैढसम्मका आउछन यहाँ। ‘जता हे¥योे उतेै रमाइलो, मनै लोभ्याउने क्लिक क्लिक फोटो खिच्दै गरेका’ शर्मा र उनीहरु संगै आएका संगीहरु भन्छन।
    यत्रतत्र हरियाली बगैंचा, मौसम अनुसारका रंगीचंगी फुलले उद्यानको रौनकता थपेको छ। मन्दिर, पोखरीमा निर्मित शिवको मूर्ति, शिवको जटाबाट नियमित निस्कने पानीका फोहोराले झनै जो कोही को पनि मन लोभ्याउछ। यही रमणीय वातावरणमा बालबालिकादेखि, युवा र प्रौढसम्मकाले फोटो खिच्दै रमाउने गरेका पनि प्रशस्तै भेटिन्छन्।
    हरियाली उद्यानमा बहुउेश्यीय २ तले भवन सहितको भ्यू टावर , आकर्षक पानी पोखरी, टेवा पर्खाल, बिश्राम स्थल, प्रवेशद्धार, पक्की सिंढी मार्ग, भवन, शिव मन्दिर लगायत निर्माण गरिएका छन्। खानेपानी, बिजुलीको सुबिधा लगायत कुरुवा घर समेत निर्माण भएका छन्। बनभोज र धार्मिक लगायत बिबिध कार्यक्रम पनि यहा आयोजना गर्न सकिन्छ। शौचालय र पानी सहज उपलब्ध छ।
    शहर बजारको कोलाहल भन्दा केही पर गएर रमाउनेका लागि भ्यू टावर अत्यन्तै मनमोहक छ। स्वच्छ, शान्त र सफा वातावरणमा रमाउन, लेख, रचना सृजना गर्न र मनोरंजनका लागि उपयोगी रहेको अर्जुनचौपारीदेखि यहाँ आएका कमल अर्यालले बताउनुभयो ।
    सदरमुकामबाट झण्डै ६ किलोमीटर उत्तरतर्फ छ। सवारी साधनको सहज पहुच भएकाले बृद्धदेखि बालबालिकासम्म यहाँ आएर रमाउने गर्छन। प्रवेशद्धारसंगै निर्मित सिढीहरुको चढेपछि रमणीय उद्यानमा पुग्न सकिन्छ। सिढींको यात्रा सकिनेबित्तीकै पितृहरुको आर्शिवाद लिएर मनै लोभ्याउने बगैंचा, मन्दिर, पानी पोखरी, शिवको मूर्ति हेर्दै भ्यू टावर पुगिन्छ।
    बुढोखोला सुन्तलेपाखा सामुदायिक बन क्षेत्र अन्र्तगतको २२ रोपनी क्षेत्रफल जग्गालाई समेटेर उद्यान एवं टावर निर्माण गरिएको सोही वडाबाट निर्वाचित अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो ।
    ‘विस २०५४ सालदेखि सो बनमा बृक्षरोपण गर्दै संरक्षित गरिदै आएको थियो। करिब ८ हेक्टर क्षेत्रफल रहेको बनलाई ०६३ सालमा डीपीआर तयारपारी भ्यू टावर सहित उद्यान निर्माणको गुरुयोजना तयार पारेर अघि बढाईएको थियो।’ अध्यक्ष खड्काले भन्नुभयोे, ‘स्थानीयबासीको निरन्तर क्रियाशिलताले रमणीय स्थल सहित भ्यू टावर बनाउन सफल भयोैं।’
    धेरै बर्षको नियमित परिश्रमले सार्थकता पाएको अध्यक्ष खड्काले बताउनुभयो। उहाले भन्न्ुभयो ‘अहिलेसम्म पुतलीबजार नगरपालिका, गण्डकी प्रदेश, साविकका बन कार्यालय र जिविस, जनसहभागिता सहित बिभिन्न निकायबाटगरी ८४ लाख ५० हजार खर्च भएको छ।’
    भ्यू टावर र उद्यानमा आउनेहरुको संख्या बढेपछि यहाको रेखदेखका लागि ३ जना कर्मचारी खटाईएका छन। स्थानीय युवाले रोजगार पाएको सन्जु थापा भन्छिन।
    यदि, कोरोना संक्रमण हुदैनथ्यो भने यहाँ आउने पर्यटकलाई थामिसक्नु हुदैनथ्यो। साथीसंगी, पारिवारिक अथवा प्रेमिल जोडीका लागि पनि रामकोष टावर सुरक्षित र रमणीय स्थल बनेको छ। झोलामा खानेकुरा बोकेर २÷४ घण्टा बसेर रमाइलो गर्दे फर्कने पनि भेटिन्छन यहाँ।
    कोरोना संक्रमण अघि भने पिकनिक, साधारणसभा, धार्मिक कार्यक्रम, गोष्ठी, सेमिनारका लागि समेत यो स्थलको उपयोग गर्ने गरिएको थियो।
    भ्यू टावर सहित हरियाली उद्यान निर्माणपछि गाउँ गाउँमा ब्यवसाय फस्टाएका छन्। मौसमी तथा बेमौसमी तरकारी र फलफूल रोप्ने किसान पनि बढेका छन्। सुनसान देखिने रामकोषको राजमार्ग मै सुबिधासम्पन्न होटल र रेष्टुरेन्ट बनेका छन्। चहल पहल बढेको देख्दा खुशी लागेको हरियाली उद्यान उपभोक्ता समितिका अध्यक्ष रामबहादुर थापा भन्नुहुन्छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    सागर बाबुको “जिन्दगीको रीत“ गीतगजल संग्रह बिमोचन

    December 24, 2022

    मानवअधिकार तथा शान्ति समाजको स्थापना दिवसका अवसरमा स्याङ्जामा अन्तरक्रिया

    June 3, 2022

    खुले स्याङ्जाका प्रसिद्ध शक्तिपीठहरु

    September 26, 2021

    भूगर्भविदद्धारा गडहरे गुफाको अध्ययन अवलोकन

    September 20, 2021

    मदन पुरस्कारका लागि ९ वटा पुस्तक छानिए

    July 30, 2021

    १०४ वर्ष पहिल्यै थियो नेपालमा सुरुङमार्ग

    July 30, 2021
    Leave A Reply Cancel Reply

    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025

    भीरकोटमा कृषि तथा पशु विकास अन्र्तगतको हेफर परियोजना सुरु

    June 7, 2025

    राष्ट्रपति रनिङ् शिल्ड स्याङ्जाको उपाधी गल्याङलाई

    June 5, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    आजदेखि ट्राफिक सप्ताह सुरु

    June 8, 2025

    पुतलीबजार नगर बिज्ञ समिति गठन, संयोजकमा लम्साल

    June 8, 2025

    इस्लाम धर्मालम्बीहरु आज बकर ईद मनाउदै

    June 7, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.