स्याङ्जा १८ कात्तिक । जिल्ला प्रशासन कार्यालयले देउसी–भैलोका कार्यक्रम २५ जना नबढ्नेगरी साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न सूचित गरेको छ।
तिहार, नेपाल सम्बत, छठ, ईद लगायतका चाडपर्व मनाउने सन्दर्भमा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बिहीवार (आज) आदेश जारी गर्दै सामाजिक दुरी अपनाउदै देउसी भैलोका कार्यक्रम गनर्÷ गराउन सूचित गराएको हो।
कोभिड संक्रमण कायमै रहेको जनाउदै स्वास्थ्यका मापदण्ड पालना गर्दे बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र संचालन गर्न अनुरोध छ। हाम्रा मौलिक धर्म संस्कृतिलाई मनाउने क्रममा होहल्ला नगर्न समेत प्रशासनको सुझाव छ।
साथै, चाडपर्व मनाउने क्रममा कानूनद्धारा निषेध गरिएका (जुवातास खेल्ने, पटका पडकाउने, आतिशवाजी लगायत कुनेै पनि बिष्फोटक पदार्थहरु) बिक्री बितरण, प्रयोग र पड्काउने जस्ता कार्यहरु नगर्नु÷नगराउनु भन्दै जिल्लाबासीलाई आग्रह गरिएको हो।
जारी आदेश र कानूनको उल्लंघन गरेमा कानून बमोजिम कारवाही हुने समेत जारी आदेशमा उल्लेछ।
