Close Menu
    Facebook X (Twitter) Instagram
    Friday, May 9
    Trending
    • चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न
    • चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा
    • वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम
    • पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई
    • आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति
    • स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण
    • आफैंले पालेको गोरु काटेको आरोपमा गुरुङ् पक्राउ
    • अन्तराष्ट्रिय श्रमिक दिवसमा विपन्न परिवारलाई खाद्यान्न सहयोग
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जाको चन्द्रकोटमा चिया खेती सुरु
    समाचार

    स्याङ्जाको चन्द्रकोटमा चिया खेती सुरु

    Syangja SandeshBy Syangja SandeshJuly 14, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३० असार । स्याङ्जामा चिया खेती सुरु गरिएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका १२ चन्द्रकोटमा गण्डकी प्रदेशसभा सदस्य दिपक थापाले मंगलबार चियाका बिरुवा रोपेर सुरु गर्नुभएको हो ।

    मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रम अन्तर्गत चिया खेती सुरु गरिएको हो। स्याङ्जा क्षेत्र १ क बाट निर्वाचित सांसद थापाले चियाबिज्ञका अध्ययन र अनुसन्धानपछि यहाँ चिया खेती उपयुक्त हुने सुझाव पाएपछि सुरुवात गरेको बताउनुभयो।

    दश वर्षे योजना अनुरुप सुरु गरिएको चिया खेती बिस्तार गर्दै एक लाख बिरुवा रोपेर कारखाना स्थापना गर्ने उद्देश्य हो। सांसद थापा भन्नुहुन्छ, ‘बहुवर्षीय र सजिलो खेती चियाबाट आयआर्जनमा जोडिनुपर्छ। नांगा र पाखोबारीलाई हरियाली भर्नुपर्छ।’

    यसपटक चन्द्रकोटका २८ रोपनी जग्गामा २० हजार चियाका बिरुवा रोपिने भएको छ। दश वर्षभित्र जिल्लाभर १० लाख चियाका बोट बनाउने योजना छ। चिया खेतीका लागि उत्तर फर्केको जमिन उपयुक्त मानिन्छ। उत्तर पूर्व र दक्षिण पश्चिम फर्केका जमिनमा पनि चिया खेती लगाउन सकिने चियाबिज्ञको भनाइ छ।

    समुन्द्र सतहको ५० देखि २५ सय मीटरसम्मको उचाईमा चिया लगाउन सकिन्छ। रोपेको ४र५ वर्षदेखि पात टिप्न लायक हुन्छ। एक पटक रोपेका बिरुवा सय वर्षभन्दा बढी बाँच्छन्। वर्षको एक पटक मल, जल गरेपछि खासै स्याहार सुसार गर्नु पर्दैन। प्रति बोटबाट एक पटकमा एकदेखि डेढ किलोसम्म हरियो पात टिप्न सकिन्छ। हरियो पातको मूल्य अहिले ६० देखि २ सय ५० रुपैयाँसम्ममा बिक्री हुने गर्छ।

    चन्द्रकोट पर्यटकीय गाउँ हो। चिसो हावापानी सहितको रमणीय यस गाउँमा पर्यटक धेरै आउने गर्छन्। यहाँ सुन्तला, अलैंचीका उत्पादन राम्रो हुन्छ। गुरुङ र मगरको बाहुल्यता रहेको यहाँ चिया बगान बिस्तारका कार्यक्रमले यहाँका किसान उत्साही भएका छन्। चिया बगानको सदाबहार हरियाली हेर्नका लागि पनि पर्यटक आउने बलियो माध्यम बन्न सक्छ।

    बाँदर आतंकले खेतबारीमा लगाएका अनाज नष्ट पारेका बेला चिया खेती उदाहरणीय बनेको बताउनुहुन्छ स्थानीय समाजसेवी मनबहादुर थापा। यसअघि खेती नगरिएका नांगाडाडा पाखाभरि चियाका बिरुवा रोपेर आयआर्जन गर्न सकिने भएपछि स्थानीयबासी खुशी देखिएका हुन्। सामूहिकरुपमा चियाका बिरुवा रोपिएका हुन्। किसानका लागि ती बिरुवा निशुल्क उपलब्ध गराइएको सांसद थापाको भनाइ छ।

    चिया बिरुवा रोपण कार्यक्रममा चियाविज्ञ निर्मल घिमिरे, बाली संरक्षण अधिकृत सबिन कार्की, पूर्वक्याप्टेन भिमप्रसाद गुरुङ, वडासदस्य गन्जसिंह गुरुङ, समाजसेवी जीवनाथ अर्याल, माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य मनबहादुर थापा र मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमका अध्यक्ष टेकबहादुर गुरुङ् लगायतले चन्द्रकोट चियाखेतीका लागि उपयुक्त हावापानी भएको बताउनुभयो।

    चियाका बिरुवा रोपणका लागि वर्षात्को समय उपयुक्त हुन्छ। यहाँ ल्याइएका बिरुवा काठमाडौं र नुवाकोटबाट ल्याइएका हुन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025

    स्वतन्त्रता दिवसमा स्याङ्जामा पत्रकारको स्वास्थ्य परिक्षण

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    पालिका स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधी तिलोत्तमालाई

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोटमा ४८ घण्टे मेलमिलाप सम्बन्धि आधारभुत तालिम सप्पन्न

    May 8, 2025

    चापाकोट पूर्ण खोप सुनिश्चित पालिका घोषणा

    May 8, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.