स्याङ्जा २४ बैशाख । स्थानीय तह निर्वाचनलाई लक्षित गर्दे निर्वाचन कार्यालयले शुक्रवार मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रवार प्रशिक्षण दिएको छ।
मतदानको दिन आउन साता दिन मात्र बाँकी रहदा निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको हो।
प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश बसन्तराज पौडेलले निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाबाट मतदान गर्ने गराउने वातावरणमा बनाउन निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सुझाव दिनुभयो ।
चुस्त र स्फुर्त वातावरणमा निर्वाचन सम्पन्न गर्न आ आफना इमान्दारिता र जिम्मेवारी बहन गर्न उहाले सुझाव दिनुभयो । यस गहन जिम्मेवारीलाई संयमतापूर्वक पूरा गर्नका लागि निष्पक्षरही आ आफना भूमिकामा रहन समेत उहाले आग्रह गर्नुभयो ।
‘निर्वाचन जस्ता पवित्र कार्यलाई सम्पन्न गर्न र दिइएको काम, कर्तब्य र अधिकारका बन्धनमा बाँधीएर काम गर्नु होला।’ उहाले भन्नुभयो ‘हाम्रा ब्यवहार, आचरणमा कतै कमीकमजोरी भएमा त्यो क्षम्य हुने छैन। तपाईंहरु ढुक्क र निर्धक्क भएर नियमानुसारका काम गर्नुहोस् तपाईंका साथमा हामी छौं।’
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सहभागीलाई कत्ति पनि नआत्तिकन आ आफना जिम्मेवारी पुरा गर्न सुझाव दिनुभयो ।
उनले भने, ‘कामका शिलशिलामा कहिंकतै समस्या आईपरेमा तपाईंहामी सामुहिकरुपमा छलफल गरेर अघि बढ्नेछौं, ढुक्क हुनुहोस् तपाईंका पक्षमा सिंगो सुरक्षा टिम छ। दिइएको जिम्मेवारी पुरा गर्नुहोस्।’
सहभागीलाई निर्वाचन सुरुदेखि मतगणना सम्पन्न गर्नेसम्मका बिधि, प्रक्रियाका बारेमा प्रशिक्षण दिईने निर्वाचन कार्यालय प्रमुख गुरुप्रसाद मरासीनीले जानकारी दिनुभयो।
कार्यक्रममा ऋषिराम आचार्य, रामप्रसाद अधिकारी, घनश्याम सुवेदी, डिल्लीराम पौडेल, बिनोद पौडेल, विश्वप्रसाद रेग्मी, गुरुप्रसाद मरासीनीले प्रशिक्षण दिने भएका छन्।
स्याङ्जामा ११ पालिकामा १ मुख्य निर्वाचन अधिकृत सहित १० निर्वाचन अधिकृत छन्। जिल्लाभर ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदान स्थल तोकिएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्।
जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन। ती मध्ये १ लाख २३ हजार ८६८ महिला हुन भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन।
Tuesday, November 4
Trending
- राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
- वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
- गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
- जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
- उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
- यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
- ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
- कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
