स्याङ्जा, ८ चैत । बिरुवा गाउँपालिका वडा नं. ४ पाटनेबाट ६० थान सालको काठ सहितको ट्याक्टर र ४ जना स्थानीयलाई प्रहरीले सोमबार साँझ नियन्त्रणमा लिएको छ।
वेवारिसे अवस्थाका ४ वटा काठ सहित अवैध रुपमा राखिएको ४० वटा चिरान र २० वटा सालका गोलिया काठ सहित पाटनेका ४ जना पक्राउ परेका हुन।
पक्राउ पर्नेमा बस्ने ४० वर्षीय खुमबहादुर सार्की, ५९ वर्षीय हस्तबहादुर सार्की, ६८ वर्षीय लक्ष्मी नेपाली र पुतलीबजार नगरपालिका १३ बस्ने २५ वर्षीय अमिरदिन मिया रहेको प्रहरी नायब उपरीक्षक राजेनद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले सालका काठ, पक्राउ परेका मानिस र एउटा ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीकालागि डिभिजन वन कार्यालय स्याङ्जामा बुझाएको जनाएको छ।
प्रहरीका अनुसार खुमबहादुर सार्किको बारीमा राखिएको चिरान काठ ८ वटा, हस्तबहादुर सार्कीको बारीबाट सालको चिरान ४ वटा र गोलिया ७ वटा, लक्ष्मी नेपालीको गोठबाट चिरान १९ वटा र गोलिया ९ वटा र ट्याक्टर चालक अमिरदिन मिया सहित ट्याकटरबाट सालको चिरान काठ ९ वटा र बेवारिसे अवास्थाका ४ गोलिया सालका काठ प्रहरीले बन कार्यालयमा बुझाएको हो।
Thursday, July 31
Trending
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
- दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
- प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
- स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
- अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
- पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन