Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेशमा राख्ने ब्यवस्था गर्नुपर्छ — मन्त्री विश्वकर्मा
    पुतलीबजार नगरपालिका

    संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेशमा राख्ने ब्यवस्था गर्नुपर्छ — मन्त्री विश्वकर्मा

    Bhawani AdhikariBy Bhawani AdhikariJuly 1, 2022Updated:July 1, 2022No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा, १७ असार । गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोवाटे विश्वकर्माले प्रदेशमा संकलित राजश्व मध्येको केही प्रतिशत रकम प्रदेश सरकारले राख्ने ब्यवस्था मिलाउनेगरी नीतिगत ब्यवस्था गर्नुपर्नेे बताउनुभएको छ ।

    आन्तरिक मामिला मन्त्रालयको आयोजनामा स्याङ्जा सदरमुकामममा ट्राफिक ब्यवस्थापन सुदृढीकरण सम्बन्धी शुक्रवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले प्रदेशबाट राजश्वमा ठूलो सहयोग गरेता पनि संघबाट आवश्यकता अनुरुपका बजेट नआउदा ट्राफिक सुरक्षा ब्यवस्थापनमा सुरक्षा निकायले कठिनाई भोग्नु परेको र त्यसको प्रभाव जनस्तरसम्म परेको उहाले बताउनुभयो ।

    पैसा उठाउने र संघमा पठाउने प्रवृतीमा केही परिवर्तन गर्न आवश्यक रहेको बताउदै मन्त्री दोबाटेले स्रोत र साधनका अभावका अपराधीहरु फरार हुने क्रम बढ्ेकोमा चिन्ता ब्यक्त गर्नुभयो । मन्त्री दोबाटेले ट्राफिक नियम कडाईका साथ कार्यान्वयन गर्न सुझाव दिदै प्रादेशिक कार्यालय भवन निर्माण र सीसी क्यामरा जडानका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    एक महिना भित्रै सवारी चालक अनुमति पत्र पाउने बिधी र ब्यवस्था मिलाउने तयारी भैरहेको जनाउदै उहाले बर्षात् सुरु भैसकेको र विपदका घटना घटिरहेका बेला सुरक्षाकर्मी लगायत सरोकारवाला सबैलाई सबैले सहयोग गर्न समेत उहाले आग्रह गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेशसदस्य भागवतप्रकाश मल्लले प्रदेश सरकारले सवारी साधानमाथि लगाएको करबारे पुनबिचार गर्ने बताउनुभयो । उहाले अटो चालकका समस्यालाई सुक्ष्म तरिकाले अध्ययन गरिरहेको जनाउदै उहाले लाइसेन्स, बिमा र सडक अनुमतिका लागि सहज बनाउनेगरी काम गरिरहेको जनाउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जि.टी, वालिङ् नगरप्रमुख कृष्ण खाँण, आँधीखोला गाउँपालिका अध्यक्ष विश्व पौडेल, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, आन्तरिक मामिला मन्त्रालयका शाखा अधिकृत शिल लम्साल लगायतले सवारी तथा यातायात ब्यवस्था ऐन एवं नियमावलीको पूर्णतः कार्यान्वयन गर्दे ट्राफिक सुरक्षा सम्बन्धी जनचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।सिमित स्रोत र साधनका बाजजूद पनि ट्राफिकले ठूलो जिम्मेवारी बहन गरेको बताउनुभयो ।

    आन्तरिक मामिला मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले मन्त्रालयबाट ट्राफिक ब्यवस्थापनमा भए गरेका कार्यका बारेमा र गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक गोबिन्द अधिकारीले प्रदेशको ट्राफिक ब्यवस्थापनको अवस्थाका बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, पूर्वाधार विकास कार्यालय प्रमुख सन्तोष अर्याल, ईन्जिनियर नवराज दोरंगाा, यातायात ब्यवसायी बिमल अर्याल, अटो ब्यवसायी अर्जुन थापा, बिद्यार्थी, इक्रा वेगम लगायतले दुर्घटना न्यूनिकरणका लागि अवलम्बन गर्नुपर्ने आ आफना धारणा सहितका सुझाव दिनुभएको थियो ।

    गण्डकी प्रदेशमा सवारी दुर्घटना बढी हुने भएको जनाउदै दुर्घटना न्यूनिकरणका नीति निर्माणका लागि आवश्यक सुझाव संकलन गर्ने उदेश्यले स्याङ्जामा कार्यक्रम गरिएको सचिव अधिकारीले बताउनुभयो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025

    स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु

    September 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.