Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    • दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
    • प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण
    • स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन
    • अर्जुनचौपारि नवग्रह मन्दिर परिसरमा १२ राशि र नवग्रहका विरुवा रोपण
    • पौवेखोलामाथि नबनिर्मित पुलको उदघाटन
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अवस्था बिषयक वालिङमा अन्र्तक्रिया
    वालिङ् नगरपालिका

    श्रमजीवी पत्रकार ऐन कार्यान्वयन अवस्था बिषयक वालिङमा अन्र्तक्रिया

    न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको समन्वयमा सोमबार वालिङमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संसोधनको विषयमा जिल्लास्तरीय छलफल तथा अन्र्तक्रिया भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJune 17, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ३ असार । न्युनतम पारिश्रमीक निर्धारण समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाको समन्वयमा सोमबार वालिङमा श्रमजिवी पत्रकार ऐन कार्यान्वयनको अवस्था र ऐन संसोधनको विषयमा जिल्लास्तरीय छलफल तथा अन्र्तक्रिया भएको छ ।

    कार्यक्रममा पत्रकार तथा मिडिया संचालकहरुले स्थानीय तहमा मिडियाहरुलाई संस्थागत गर्न नसक्दा श्रमजिवि पत्रकार ऐनको पुर्ण रुपमा कार्यान्वयन गर्न नसकिएकोमा जोड दिइएको छ ।

    कार्यक्रममा स्थानीय तहबाट प्रकाशन हुने विज्ञापनहरुबाट वार्शिक करोडौँ बाहिरिएको पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले बताउनुभयो । देश संघिय संरचनामा गईसकेपछि स्थानीय तहहरुबाट प्रकाशन हुने विज्ञापनहरु विज्ञापन एजेन्सीहरुबाट गर्ने कारण स्थानीय मिडियाहरु समस्यामा परेको भन्दै वार्शिक रुपमा यसरी बाहिरिने करोडौँ रकमलाई जिल्लाभित्रै रहेका मिडियाहरुलाई बलियो बनाउन सकियो भने न्युनतम पारिश्रमकिको कार्यान्वयन हुने बताउनुभयो ।

    मिडिया हाउस नै आर्थिक रुपमा बलियो नहुँदा पत्रकारहरुको लागी न्युनतम पारिश्रमीक कार्यान्वयन हुन नसकेको सहभागिहरुले बताएका थिए । मिडियाको लागी बजार बलियो बनाउन सकेमा मात्रै श्रमजिवी पत्रकार ऐन व्यवहारिक बन्ने भन्दै मिडिया हाउसहरुलाई वर्गीकरण गरेर विज्ञापनमा एकद्धार प्रणाली लागू गर्नुपर्ने सहभागि पत्रकाहरुको सुझाव छ । पत्रकारहरु सामाजिक तथा आर्थिक रुपमा सुरक्षित हुँन नसक्दा पत्रकारिता पेशाबाट पलायन हुने अवस्था सृजना भएको सहभागि पत्रकारहरुको भनाई थियो ।

    पे्रस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुलीले ऐन कार्यान्वयन नगर्ने मिडिया हाउसहरुलाई कारबाही गर्ने अधिकार न्यनतम पारिश्रामीक समितिलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । समितिले जिल्लाको वस्तुगत विषयको रिर्पोट गर्ने, अनुगमन गर्ने तर कारबाही गर्ने निकाय अर्को हुँदा यसले पुर्णता पाउन नसकेको भन्दै न्युनतम पारिश्रमीक समितिलाई नै यो अधिकार दिलाउनका लागी पत्रकार महासंघ तथा समग्र पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा न्यनतम पारिश्रमीक समितिका अध्यक्ष संगिता खड्काले समितिले अहिलेसम्म गरेका काम, पत्रकारहरुको हितमा गरेका पहलहरुलगायतका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । खड्काले पत्रकारहरु पछिल्लो समय बढ्दै गरेको प्रविधितर्फ आँफूलाई ढाल्न सक्नुपर्ने भन्दै क्षमता अभिवृद्धिका तालिमहरु संचालन गरिरहनुपर्ने बताउनुभयो । न्युनतम पारिश्रमिक ऐन लागू भएपनि व्यवहारिक रुपमा यसको कार्यान्वयन नभएको बताउनुभयो ।

    अध्यक्ष खड्काको प्रतिवेदन माथि पत्रकार महासंघका निर्वतमान अध्यक्ष शर्मा र पे्रस चौतारीका केन्द्रिय सदस्य पराजुलीले सुझाव सहित समग्र जिल्लाको पत्रकारिताको विषयमा प्रकाश पार्नुभएको थियो ।

    नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भवानी अधिकारीले स्वागत एवं सदस्य अमृत अर्यालले संचालन र न्युनतम पारिश्रमिक निर्धारण समितिका सदस्य शान्ता अधिकारीले धन्यवाद मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    स्याङ्जामा ३ साप्ताहिक र १ पाक्षिक गरी ४ पत्रिका, ४ रेडियो, ३ टेलिभिजन र १० भन्दा धेरै अनलाईनहरु संचालित छन् ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025

    स्याङ्जाका प्रहरी गतिबिधि जानकारी गराउन पत्रकार सम्मेलन

    July 28, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025

    दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर

    July 30, 2025

    प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण

    July 30, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025

    भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए

    July 30, 2025

    सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित

    July 30, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.