स्याङ्जा ७ कात्तिक । वालिङमा पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ।
वालिङ भलिबल क्लबकोे दोस्रो वार्षिकोत्सव पारेर सोही क्लबले यही कात्तिक ८ (भोली) देखि १३ गतेसम्म खुला भलिबल प्रतियोगिता हुनेभएको हो।
खेलकूदका माध्ययमबाट आन्तरिक तथा बाह्य पर्यटकलाई भित्रयाउने र प्रतिभाशाली खेलाडी पहिचानगरी वालिङमा भलिबल प्रशिक्षण एकेडेमी सञ्चालन गर्ने उद्देश्यले प्रतियोगिता संचालन गरिने भएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले जानकारी दिनुभयो ।
मुख्य प्रायोजनमा वालिङ नगरपालिका रहेको ६ दिनसम्म सञ्चालन हुनेभएको छ। प्रतियोगितामा राष्ट्रिय तथा स्थानीय खेलाडीको सहभागिता रहने आयोजकको भनाई छ।
पुरुषतर्फका बिजेताले १ लाख, द्वितीयले ५० हजार, तृतीयले २५ हजार र सान्त्वना हुनेले १० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
यसैगरी, महिलातर्फका बिजेता, द्धितिय र तृतीय हुनेले क्रमशः नगद २० हजार, १० हजार र ५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष किरण खाँणले बताए। दुबैतर्फ उत्कृष्ट खेलाडीहरुलाई थप पुरस्कारको ब्यवस्था भएको आयोजकको भनाई छ ।