स्याङ्जा २२ फागुन । वालिङ नगरपालिकाका कृषक तथा उद्यमीहरुलाई कृषि सामाग्री बितरण गरिएको छ । वालिङ नगरपालिका र युएनडिपी नेपालको साझेदारी तथादियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालनभएको ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’अन्तर्गत कृषिऔजार बितरण गरिएको हो ।
कृषिऔजार बितरण बितरणगर्दै वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले बास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नगरपालिकाको नीति रहेको जानकारी दिनुभयो । कृषक तथा उद्यमीहरुको सोचमा परिवर्तन नआई उत्पादन बृद्धिनहुने भन्दै प्रमुख खाँणले बिभिन्न साझेदार संस्थाहरुसँग मिलेर कामगरिरहेको बताउनु भयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, युएनडिपी नेपालका गण्डकी र लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले आधुनिकप्रबिधिका सामाग्रीहरुको प्रयोगले उत्पादन र उत्पादकत्व बृद्धिहुने बताउनु भयो । बिभिन्न ५ वटा सहकारी तथा समूहलाई कुटानीपिसानीका लागि कम्वाईन मिल, ५ वटा व्यवशायीक फर्महरुका लागि पिसानी मिल र चापकटर ५० जना कृषकहरुका लागि टनेल,स्प्रे मेसिन लगायतका सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।