स्यांजा, २५ जेठ ।
नेपाली काँग्रेस अर्जुनचौपारी वडा नं ४ रापाकोटले सोही वडाभित्रका ७५ घर परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।
वडा कार्य समितीको समन्वयमा इच्छुक सहयोगीदातासंग आर्थिक संकलन गरी ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै परिवार पाल्दै आएका परिवारलाई १ सय ५० बोरा चामल सहित नून उपलब्ध गराएको वडा समितीले जनाएको छ ।
बढ्दो कोरोना संक्रमणको जोखिमका कारण झण्डै एक महिनाजति लामो निषेधाज्ञाका कारण यि परिवारलाई खाद्यान्न अभाव भएकोले समस्यामा परेका बर्गलाई केही राहत उपलब्ध गराइएको वडा अध्यक्ष बेलप्रसाद गुरुङले जानकारी दिनुभयो ।
सिमित ब्यक्तिका उपस्थितीमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सामाग्री खाद्यान्न उपलब्ध गराइएको छ ।
राहत वितरण गर्दै वडाअध्यक्ष बेलप्रसाद गुरुङ, नेपाल महिला संघ अर्जुनचौपारीका सभापति सपना गुरुङ, कांग्रेस नेताहरु भुवनसिंह गुरुङ, दिपक सुनार, केशव चापागाई, सन्तोष गुरुङ् र डेमोक्रेसी अफ स्कुल अर्जुनचौपारीका अध्यक्ष कमल अर्याल लगायतले खाद्यान्न बितरणमा सहजीकरण गर्नुभएको थियो ।
महिनादिनको जिल्ला बन्दका कारण काम गर्न बाहिर निस्कना नपाएका बेला उपलब्ध राहतले निकै सहयोग पुगेको सुकमाया नेपालीको भनाई छ ।
Thursday, July 31
Trending
- कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
- स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
- असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
- दोषी हठरेको २३ बर्षपछि कास्कीमा पक्राउ परे स्याङ्जामा सोतीमगर
- प्रजिअ अर्यालद्धारा विपद्का उद्धार सामाग्री हस्तारण