स्याङ्जा ८ कात्तिक । गण्डकी प्रदेशका शिक्षा प्रविधि तथा बिज्ञान संस्कृति, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले माटो सुहाउदो दक्ष जनशक्ति उत्पादनमा गण्डकी प्रदेशले बिशेष कार्यक्रम ल्याउन लागेको जानकारी गराउनुभयो ।प्रदेशका ८५ वटै पालिकाहरुको समन्वयमा प्राबिधिक क्षेत्रलाई प्रधावकारी बनाउने उहाले भन्नुभयो ।
प्राबिधिक शिक्षा तथा व्यवशायिक तालिम परिषद सिटिईभिटी गण्डकी प्रदेश र गण्डकी प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम प्रतिष्ठानले ‘आधारभूत तथा मध्यमस्तरीय सीपयुक्त जनशक्ति उत्पादनमा प्रदेश र स्थानीय तहको भूमिका’ बियषक वालिङ्मा भएको अन्तक्र्रियामा बोल्दै उहाले सो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै भीरकोट नगरपालिकाका प्रमुख छायाराम खनाल, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डाक्टर हरि लम्साल, गण्डकी प्रदेश निर्देशक प्रमोदभक्त आचार्यले प्राबिधिक शिक्षामा बिद्यार्थीको आकर्षणको दर कम भईरहेको तर्फ सहभागी सबैको ध्यानाकर्षण गराउदै स्थानीय श्रोत र साधानको परिचालन हुने गरी शीपयुक्त जनशक्ति उत्पादनमो ध्यान दिनु पर्ने सरोकारवालाहरुले ध्यान दिनुपर्ने बताउनुभयो ।