Close Menu
    Facebook X (Twitter) Instagram
    Sunday, November 9
    Trending
    • चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा
    • स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह
    • स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण
    • पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ
    • फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा
    • खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल
    • कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व
    • कृषकका असल साथी, सम्झनामा माधव सर
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » बीपी स्मृति दिवस स्याङजाका ११ वटै पालिकामा मनाइने
    समाचार

    बीपी स्मृति दिवस स्याङजाका ११ वटै पालिकामा मनाइने

    प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण ४२ औँ स्मृति दिवस स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ ।
    Syangja SandeshBy Syangja SandeshJuly 19, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    oppo_2
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा ४ साउन । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण ४२ औँ स्मृति दिवस स्याङ्जामा विभिन्न कार्यक्रम गरी मनाइँने भएको छ ।

    नेपाली कांग्रेस जिल्ला कार्य समितिको बिहीवारे बसेको वैठकले सो दिवस लगायत अन्य बिबिध कार्य गर्ने निर्णय गरेको हो ।

    साउन ६ गतेका दिन पालिका स्तरीय रचनात्मक कार्यक्रमगरी स्मृती दिवस मनाउने निर्णय भएको नेपाली कांग्रेसका जिल्ला सचिव दामोदर लम्सालले जानकारी दिनुभयो ।

    नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो । उहाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहा पहिलो निर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो ।

    २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहा स्वदेश फर्किनु भएको थियो । उहाले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

    साउन २० गते पूर्वसांसद एवं नेपाली कांग्रेसका पूर्वसभापति कमलप्रसाद पंगेनीको स्मृति दिवस पारेर रक्तदान कार्यक्रम गर्ने र पूर्व सांसद एवं नेपाली कांग्रेसका पूर्व सभापति खगेन्द्रराज रेग्मीको स्मरण गर्दै खगेन्द्रराज रेग्मी पुस्तकालय स्थापना गर्ने लगायतका निर्णय गरिएको सचिव लम्सालले जानकारी दिनुभयो ।

    यसैगरी, असारमा स्याङजामा भएका बाढीपहिराका कारण धनजनको क्षतिप्रति दुख ब्यक्त गर्दै आवश्यक सहयोग तथा राहत उपलब्ध गराउन जिल्ला नेतृत्वदेखि कार्यकर्तासम्मका संयन्त्र परिचालन गर्ने निर्णय भएको बताइएको छ ।

    कार्यवाहक सभापति केदार काफलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला कार्यसमितिमा पदाधिकारी एवं सदस्यहरुले राय, सल्लाह, सुझाव दिनुभएको थियो भने कार्यक्रमको संचालन सचिव दामोदर लम्सालले गर्नुभएको थियो ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025

    खुला प्रतिस्पर्धाबाट छानिए गल्याङ बहुुमुखी क्याम्पस प्रमुखमा बस्याल

    November 6, 2025

    कात्तिक पूर्णिमाको साँझ मकै सुकाएर मनाइयो स्याङ्जामा साकिमन पर्व

    November 6, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025

    पुतलीबजारले किसानलाई ५० प्रतिशत अनुदानमा आलुको बीउ

    November 7, 2025

    फरार मध्ये ४ कारागार चलान २ को लगत कट्टा

    November 6, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    चापाकोट स्थित गुरुकुलका विद्यार्थीलाई स्वास्थ्य बीमा सुविधा

    November 8, 2025

    स्याङ्जामा माघ २६ देखि सडक महोत्सव र सामुहिक बेल बिवाह

    November 8, 2025

    स्याङ्जा प्रहरीद्धारा ६ महिने गतिबिधि सार्वजनिकरण

    November 8, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.