हेटौंडा, २९ जेठ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको छ। बिहीबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शुक्रबार र शनिबार भएको छलफलपछि शनिबार बहुमतले स्वीकृत गरेको हो। छलफलमा सत्तापक्ष र प्रतिपक्षका ४५ जना सांसदहरु सहभागी भएका भएका थिए।
शुक्रबार पाँच घण्टा नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षी दलका प्रदेशसभा सदस्यहरुले आफ्नो धारणा राखेका थिए ।
छलफलमा सहभागि सांसदहरुले प्रदेश सरकारले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको विभिन्न बुँदामा संशोधनका लागि सुझावसमेत दिएका छन्। ९ जना प्रदेशसभा सदस्यले राखेको संसोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।
नीति तथा कार्यक्रमको पक्षमा सत्तारुढ नेकपा एमालेको केपी ओली र माधव नेपाल–झलनाथ खनाल पक्ष एक भएका थिए।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित प्रतिपक्ष दलले सरकारले पुरानै कार्यक्रमलाई निरन्तरता दिएको र कुनै ठोस कार्यक्रम ल्याउन नसकेको भन्दै प्रदेश सरकारले हावामा नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका थिए।
सांसदहरुले उठाएका प्रश्न र सुझावका बारेमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभएको थियो ।