स्याङ्जा २२ माघ । वालिङ्मा फोहोर मैलाव्यवस्थापनकालागि सामाग्री बितरण गरिएको छ । नगरका १४ वटै वडामा बिभिन्न सामाग्रीहरु बितरण गरिएका हुन ।
वालिङ प्रोडक्टहोल्डीङ बहुउद्देश्यीय सहकारी संस्थाले प्रत्येक वडामा कुहिने, नकुहिने तथा सिसाजन्य सामाग्री संकलनकालागि डक्टविन,मास्क,पन्जा,कुचो लगायतका समाग्री बितरण गरेको हो ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंधीय बिकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोगमा वालिङमा सञ्चालित हरित पुनःउत्थान (पिजिआरपि) परियोजना अन्तगर्त बिभिन्न सामाग्रीहरु बितरण गरिएको परियोजना संयोजक बिशाल बगालेले जानकारी दिनुभयो ।
वालिङ नगरपालिकाका १४ वटै वडामा रहेकाआमा समूह ,युवा क्लब तथा वडाहरुसँगको समन्वयमा सामाग्री प्रदान गरिएको संयोजक बगालको भनाई छ । उहाँले फरक फरक प्रकृति फोहर राख्ने गरी ३÷३ वटा डस्टविन बितरण गरिएको बताउनुभयो ।
परियोजना मार्फत अर्गानिक खेती तालिम, बिउ बिजन वितरण ,गड्यौले मल बनाउने तालिम लगायतका कार्यक्रम सञ्चालन गरिदै आएको सहकारीका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङले बताउनुभयोे । कोभिडबाट प्रभावित भएका परिवारलाई बिशेष प्राथमिकतामा राखेर तालिम सञ्चालन गरिएको गुरुङको भनाई छ ।
परियोजनाले फोहरमैला व्यवस्थापन, अर्गानिक खेतीको प्रवद्र्धनसँगै उद्यमशीलतताको क्षेत्रमा समेत काम गरिरहेको छ । परियोजनाले उद्यमशीलता,व्यवशायप्रवद्र्धन तथानवप्रवर्तन केन्द्र ईबिकमार्फत बित्तिय साक्षरता,व्यवशायप्रवद्र्धन, नवउद्यमीहरुलाई उद्यम गर्ने काममा सहजीकरण,उद्यमीहरुको लागिव्यशायीक योजना निर्माण, ईबिक मार्फत अर्गानिक उत्पादनमा सहजीकरण लगायतका काम गरिहेको परियोजनाका संयोजक बगालेले जानकारी दिनुभयो ।
Thursday, July 31
Trending
- स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
- जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
- कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
- स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
- असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
- मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
- भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
- सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित