स्याङ्जा १४ जेठ । प्याराग्लाइडिङ् सिक्ने क्रममा खसेर एक बालिका घाईते हनुभएको छ । स्वरेक मैदानका १८ बर्षिया लक्ष्मी अर्याल घाईते हुनु भएको हो ।
भीरकोट नगरपालिका ८ स्वरेक मैदानमा शुक्रवार दिउसो सिक्ने क्रममा खस्दा अर्याल घाईते घाईते भएको प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।
घाइते अर्याललाई हेलिकप्टर मार्फत उपचारको लागि पोखरा पठाइएको छ। प्रभु एयरको हेलिकप्टरले पोखरा लगेर मेट्रोसिटी अस्पतालमा उपचार भैरहेको बताइएको छ।
घाइते बालिकाको टाउका र खुट्टामा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
