स्याङ्जा १५ असार । नेपाल पत्रकार महासंघ स्याङ्जा शाखा कार्यालयमा तालाबन्दी गरिएको छ ।
नेपाल पत्रकार महासंघको बिधान विपरित सदस्यता वितरण तथा क्रियाशिल पत्रकारका सदस्यता कटौती गरेको भन्दै नेपाल प्रेस यूनियन स्याङजा शाखाले शनिवार दिउँसो तालाबन्दी गरेको हो ।
पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित नेपाल पत्रकार महासंघ स्याङजा शाखामा तालाबन्दी गरिएको छ ।
महासंघको बिद्यान बिपरित सदस्यता बितरण र नियतवश क्रियाशिल सदस्यको नाम हटाएको बिरोधमा अनिश्चिितकालिन तालाबन्दी गरिएको प्रेस यूनियन स्याङजा शाखाका अध्यक्ष तोलाकान्त वगालेले जानकारी दिनुभयो ।
पत्रकार महासंघ स्याङ्जा शाखाबाट शिफारिस भई गएका सदस्यका नामावली समावेशगरी जिल्लामा पठाईे तत्काल आफनो निर्णय सच्चाउन आसन्न निर्वाचनको वातावरण सृजना गर्न समेत अध्यक्ष बगालेले आग्रह गर्नुभएको छ ।
अन्यथा, यूनियनले आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिनुभयो । जिल्लाको शिफारिसलाई लत्याउदै केन्द्रिय कार्यालयले अनाधिकृत रुपमा पठाइएका सदस्य मान्य नहुने र शुद्धिकरणका नाउमा क्रियाशिल पत्रकारको नाम हटाउने कार्यको बिरोध गरिएको छ ।
अनाधिकृत सदस्यको नाम हटाई क्रियाशिल सदस्यका नाम थप गर्ने कार्य तत्काल सच्चाउन समेत प्रेस यूनियनको आग्रह छ ।
पत्रकार महासंघ स्याङ्जाले जिल्लामा क्रियाशिल पत्रकारका संघ, संगठन नेपाल प्रेस यूनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टरको सहभागितामा महासंघको बिधान बमोजिम स्याङ्जा शाखाबाट सदस्यता नबिकरण र नयाँ सदस्यताका लागि शिफारिस गरेको थियो ।
तर, केन्द्रले पछिल्लो पटक सार्वजनिक गरेका नाममा जिल्लामा क्रियाशिल पत्रकारको नाम हटाईएको छ भने बिधान बिपरित केन्द्रको मनोमानी ढंगले गैरपत्रकारका नाम उल्लेख गरि पठाएको छ ।
जिल्लाबाट शिफारिस भइगएका नामावली आसन्न निर्वाचनको अन्तिम मतदाता नामावलीमा समावेश नभएसम्म स्याङजा शाखा महासंघको निर्वाचनमा सामेल नहुने र कानूनी उपचारका लागि न्यायलय जाने सम्मका निर्णय प्रेस यूनियन स्याङ्जाको हालै बसेको बैठकले गरिसकेको अध्यक्ष बगालेले जानकारी दिनुभयो ।