Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, July 31
    Trending
    • स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे
    • जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा
    • कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग
    • स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो
    • असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने
    • मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त
    • भूस्खलन रोक्न वालिङमा १५ सय मोसो बाँसका विरुवा रोपिए
    • सुन्तलाका दाना झरेपछि स्याङ्जाका किसान चिन्तित
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » दुघ किसानलाई वालिङले प्रतिलिटर १० रुपैया अनुदान दिने
    वालिङ् नगरपालिका

    दुघ किसानलाई वालिङले प्रतिलिटर १० रुपैया अनुदान दिने

    Syangja SandeshBy Syangja SandeshMarch 13, 2024No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ३० फागुन । वालिङ नगरपालिकाले दुघ किसानलाई प्रति लिटर दुधमा १० रुपैया अनुदान दिने भएको छ ।


    आर्थिक वर्ष २०८०(८१ को विनियोजित बजेट मार्फत दुधमा आत्मनिर्भर कार्यक्रम तथा गाइ भैसी प्रवद्धन कार्यक्रम अन्तरगत वालिङ नगरपालिका र अकला नमुना कृषि सहकारी संस्था विच सम्झौता भएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।

    अकला नमुना कृषि सहकारी संस्थाले उपलब्ध गराएको पास बुककोमा भएको विवरणको आधारमा नगरपालिकाले प्रति लिटर दुधमा १० रुपैया उपलब्ध गराउनेछ । नमुना कृषि सहकारीले नगरपलिकाको सम्झौता अनुसार दैवि प्रकोपको अवस्थामा बाहेक वार्षिक कम्तीमा ३५० दिन किसानको दुध खरिद गर्नुपर्नेछ ।

    सहकारी संस्थाले हरेका एक महिनामा दुइ पटक संकलित दुधको विवरण वालिङ नगरपालिकालाइ विवरण उपलब्ध गराउने छ । दुधको मुल्य नेपाल सरकारले तोकेको फ्याट र एसएनएफ को आधारमा मुल्य निर्धारण गर्ने छ ।

    सम्झौतामा हस्ताक्षर गर्दे नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिकालाइ दुधमा आत्मानिर्भर बनाउन र उत्पादनका आधारमा कृषकलाइ अनुदान दिदा कृषक पनि उत्साहित हुने र युवा पुस्तामा कृषि फर्महरु सञ्चालन गर्न उत्साहित हुने विश्वास व्यक्त गर्नुभयो ।

    वालिङ नगरपालिकाले गाइ पाल्ने कृषकलाइ अधिकतम ५० हजार रुपैया सम्म सहयोग अनुदान दिने पनि जानकारी गराउनुभयो । स्वदेशमै बस्ने युवा र विदेशबाट फर्केका युवाहरुको आकर्षणका निम्ती नगरपालिकाले बजार व्यवस्थापनको ग्यारेन्टी संगै औषधि, विमा र सडक व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको नगर उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।

    कृषकहरुको सहजतालाइ मध्यनजर गर्दै दुध संकलन केन्द्र हालको लागि वालिङ नगरपालिका वडा न १२ धनमुढा, वडा न १४ फौदिखोला, वडा न ४ को एलादिमा राख्ने र दुधको उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गर्ने अकला नमुना कृषि सहकारी संस्थाका अध्यक्ष पुण्य प्रसाद अर्यालले जानकारी दिनुभयो ।

    वालिङ नगरपालिका भित्र ७०० घरधुरीले गाइ÷भैसी पालेर औषतमा दिनको ५०० लिटर दुध उत्पादन गरि बजारमा बेच्ने नगरपालिकाको कृषि शाखाले अनुमान गरेको छ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025

    मुख्य रजिष्टारमा स्याङ्जाका बिमल पौडेल नियुक्त

    July 30, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025

    स्याङ्जामा सरदर ८३ प्रतिशत धान रोपाई सकियो

    July 31, 2025

    असोजमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ गरिने

    July 31, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्याङ्जामा वर्ष दिनमा ३० किमि सडक कालोपत्रे

    July 31, 2025

    जिन्दगी कटाम्ला हाँसि राखेर तीज गीत बजारमा

    July 31, 2025

    कर्मचारी मिलन केन्द्र स्याङ्जाले अमोर सेवालाई एक लाख ५० हजार सहयोग

    July 31, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.