स्याङ्जा ६ माघ । त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर सबै परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीवार बसेको बैठकले माघ ९ गतेदेखि सञ्चालन भइरहेका र हुने तयारीमा रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। त्रिविले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ । रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय गर्ने जनाएको छ। शुक्रवार र शनिवार हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
यसैगरी, लोक सेवा आयोगले लिखित परीक्षाहरू माघ मसान्तसम्म स्थगित गरेको छ । आयोगको बैठकले लिखित परीक्षाहरू माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएकोमा हालका लागि स्थगित गरिएको बताउनुभयो । कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी आयोगको परीक्षा तत्कालका लागि स्थगित गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
Wednesday, February 5
Trending
- प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा मणी अर्याल
- गैसस महासंघ स्याङ्जाको बार्षिक साधारणसभा संगै अभिमूखीकरण कार्यक्रम
- पुतलीबजारमा मौरी पालन सम्बन्धी तालिम सम्पन्न
- प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन
- वालिङ् तमादीमा स्कार्पियो दुर्घटना हुदाँ ५ जना घाईते
- महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण
- स्याङ्जामा एचपिभी खोप लगाउन सुरु
- श्रीपञ्चमी पारेर गोदगोदेमा पुतलीबजार ३ को कार्यालय उदघाटन