स्याङजा २० साउन । नेपाली काङ्ग्रेस स्याङ्जाले तत्कालीन सभापति एवं संविधानसभा सदस्य स्वर्गीय कमल पंगेनीको छैठो स्मृति दिवस बिबिध कार्यक्रम सहित सम्पन्न गरेको छ।
पुतलीबजार नगरपालिका १ स्थित नेपाली काङ्ग्रेस जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गर्नुभएको थियो ।
पंगेनीको छैटौं स्मृति दिवसका अवसर पारेर उहाँको जन्मथलो भीरकोट नगरपालिका १ बयरघारी आधीखोला किनारमा रहेको मोटरेवल सम्झनामा शालिक स्थापनाको लागि शिलान्यास कार्यक्रम भएको छ ।
कमल पंगेनी स्मृति प्रतिष्ठान र भीरकोट नगरपालिकाको सहकार्यमा भीरकोट नगरपालिका १ स्थित बयरघारी आँधीखोलाको किनारमामा रहेको मोटरेबल पुलको मुखमा शालिक राख्ने गेटको शिलान्यास गरिएको हो ।
भीरकोट नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले शिलान्यास गर्नुभएको हो ।
यसैगरी, गल्याङु स्थित रामनदी धाम राम्दीमा आयोजित लक्षबत्ती प्रज्वलन, र्सकृतक सहित स्मृति सभा गरिएको छ।
सोही कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रिय उपसभापति पुर्व मन्त्री धनराज गुरुङ, सभापति एवं संघिय सांसद राजु थापा, संबिधानसभा सदस्य मोहनप्रसाद पाण्डे, गण्डकी प्रदेश सांसद महेश भट्टराई, कांग्रेस महासमिति सदस्य छायाराम खनाल, कांग्रेस नेता धुूव पंगेनी लगायतले कमल पंगेनीले स्याङ्जालोई अपुरणीय क्षति पुगेको जनाउदै उहाले देखाएका सत्मार्ग पछयाउदै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।
कमल पंगेनी स्मृति प्रतिष्ठानका अध्यक्ष लीलाप्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यवाहक सभापति केदार काफलेले स्वागत एवं नेपाली कांग्रेस जिल्ला सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।