स्याङ्जा १६ असोज । आँधीखोला गाउँपालिका(५ ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । भित्री सडकमा ओरालो झर्दै गरेको ग १ त ३१७८ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेकी ४५ वर्षीय माया विकलाई बिहीबार साँझ ठक्कर दिएको थियो।
घाइते विकको उपचारको क्रममा गण्डकी अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार ट्याक्टर चालक ओखलढुंगाका घर भई आँधीखोला(५ बस्दै आएका २७ वर्षीय अनिल राई रहेका छन्। चालक र ट्याक्टर दुवैलाई नियन्त्रणमा लिइएको उहाले बताउनुभयो ।