काठमाडौँ १ चैत । चार रुपैंयामा कपाल काटेर बिस्टार एकेडेमी एण्ड युनिसेक्स सलूनले चौथो वार्षिकोत्सव मनाएको छ ।
बार्षिकोत्सवको उदघाटन गर्दै बुढानिलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेकोमा सञ्चालक बिक्रम गौतम लगायत सलुनलाई बधाई एंव शुभकामना दिनुभयो । उहाले यसरी आफनै मुलुकमा बसेर ब्यवसाय गर्ने युवालाई आगामी दिनमा सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।
वडा नं १० का वडाध्यक्ष नमराज भट्टराई, वडा नं १२ का वडाध्यक्ष शम्भु भट्टराई, समाजसेवी हरि निरौलाले संचालक एवं मेकअप आर्टिस्ट बिक्रम गौतमको मेहनत र संघर्षले यो स्थानसम्म आइपुगेको भन्दै खुशी ब्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा कलाकार दीपक आचार्य ुकाकुु, सागर लम्साल बले, सुबोध गौतम, एकदुमेु, भरतमणि पौडेल,सुरक्षा इटानि, रश्मी पाण्डे, पवन खतिवडा, नवीन थापा, नव नवीन खतिवडा, पुरुषोत्तम आचार्य, बबिन राई, असोक धिताल, कुमार प्रयास, गोकुल अधिकारी लगायतका कलाकारले गौतमले धेरैजना युवालाई रोजगार दिन सफल भएको भन्दै प्रशंसा गर्नुभएको छ ।
सलूनका सञ्चालक एंव मेकअप आर्टिस्ट बिक्रम गौतमले आफु ड्राइभर बन्न काठमाडौँ आएको बिगत सुनाउनु भयो । पछि आफनो भाग्यले बि।स्टार एकेडेमी एण्ड युनिसेक्स सलूनमा कामको सुरुवातदेखि अहिलेसम्मका संघर्ष र भोगााइका बारेमा जानकारी गराउनुभयो । कार्यक्रममा कलाकार,पत्रकार,समाजसेवी एंव विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।