स्याङजा २१ पुस । पुतलीबजार नगरपालिका १ स्थित चण्डीकालिका सेभिङ् इण्ड क्रेडिट को अपरेटिभ लिमिटेड को २० औं साधारणसभा तथा ८ औं अधिवेशनले निर्मल शेरचनको अध्यक्षतामा ९ सदस्यीय संचालक निर्वाचित चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खेमनारायण शर्मा, सचिवमा ओमप्रकाश शर्मा, कोषाध्यक्षमा अशोक श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको छ । सदस्यहरुमा मुक्तिप्रसाद सापकोटा, गंगा श्रेष्ठ, हिक्मतकुमार श्रेष्ठ, समसुद्धिन मिया र रुद्रनारायण श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
यसैगरी, अधिबेशनले लेखा अनुगमन तथा सुपरिवेक्षण समिति, ऋण लगानी तथा असुली उपसमिति, सहकारी शिक्षा समिति र सल्लाहकार समिति समेत गठन गरेको छ ।
अधिवेशनको उदघाटन गर्दे राष्ट्रिय सहकारी बैंक पुतलीबजारका प्रमुख पुष्पा क्षेत्रीले सहकारीले उत्पादक क्षेत्रमा लगानी गर्नु पर्ने बताउनुभयो । सहकारीका शेयर सदस्यले आफु रहेको सहकारीबाटै कारोवार गर्न समेत उहाले सुझाव दिनुभयो ।
कार्यक्रममा संचालक समितिका सदस्य निर्मल शेरचन, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हिक्मतकुमार श्रेष्ठ, निर्वाचन समितिका संयोजक खेमबहादुर गोदार, शेयर सदस्य हरिनारायण शर्माले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष यज्ञप्रसाद पौडेलले संस्थागत गतिबिधी सहितको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन सल्लाहकार सदस्य ओमप्रकाश शर्माल, लेखा समिति संयोजक राजेन्द्र प्रसाद श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सोही कार्यक्रममा असल बचतकर्तामा कृष्णप्रसाद श्रेष्ठ, असल करोवारीमा मोहम्मद करिम मियाका पत्नी जुवारा निशा र असल कर्मचारीमा पुष्पा जिटी श्रेष्ठलाई नगद सहित सम्मानपत्रले सम्मान गरिएको छ ।
संस्थाका अध्यक्ष यज्ञप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खेमनारायण शर्माले स्वागत एवं सल्लाहकार सदस्य ओमप्रकाश शर्माले संचालन गर्नुभएको थियो ।