स्याङजा, २३ जेठ । बुटवल पावर कम्पनी (वीपीसी) ले गल्याङ नगर अस्पतालका लागि झण्डै ७ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बुटवल पावर कम्पनी अन्र्तगतको आँधीखोला जलविद्युत केन्द्र गल्याङका प्रमुख डोलप्रसाद खरेलले नगरप्रमुख भूपराज अधिकारीलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
वीपीसीले २ वटा अक्सिजन कन्सन्टेटर, १ सय ५० वटा एण्टिजिन टेस्ट किट, ६ वटा अक्सिजन ग्याँस सिलिण्डर, १० वटा अक्सिजन रेगुलेटर, ८ वटा पल्स अक्सिमिटर, ३५ वटा पीपीई सेट र १५ वटा सर्जिकल पञ्जा उपलब्ध गराएको छ ।
यसैगरी, १८ सय वटा मास्क, ८० लिटर हेण्ड सेनिटाइजर, ८० वटा फेस सिल तथा ५ सय वटा सर्जिकल हेड क्याप रहेका छन ्।
अस्पतालमा अध्यक्ष समेत रहेका प्रमुख अधिकारीको समन्वयमा ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको केन्द्रका प्रमुख खरेलको भनाई छ। प्रमुख खरेलले सामाग्री र बजेट सहित ६ लाख, ८७ हजार पाँच सय ४० रुपैयाँको विवरण सहित सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
ती सामाग्री ग्रहण गर्दे प्रमुख अधिकारी र वडा नं. ३ का अध्यक्ष महेश भट्टराईले नगर अस्पतालका लागि वीपीसीको सहयोगले यहाँका कोरोना संक्रमितले तत्काल उपयोग गर्न पाउने बताउदै ती स्वास्थ्य सामाग्री अस्पतालका लागि आवश्यक र निकै महत्वपूर्ण रहेको बताउनुभयो ।
वीपीसी मार्फत आधीखोला जलविद्युत आयोजना मार्फत उत्पादित विद्युत स्याङ्जा र पाल्पा जिल्लामा वितरण गरिएको छ। आँधीखोला जलविद्युत आयोजनाले ९ दशमलव ४ मेगावाट बनाएको छ। यसको प्रधान कार्यालय गल्याङ्मा छ ।
Monday, September 15
Trending
- बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
- हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्धारा सपथ
- स्याङ्जा अदालतले हाल अत्यावश्यक सेवा मात्र दिने
- संबिधानको रक्षा गर भन्दै युवा संघ स्याङ्जाको प्रर्दशन
- नेपालमा भएको जेन जी आन्दोलन र अहिलेको परिदृष्य
- छिटो निकास दिलाउन स्याङ्जा ४ दलको संयुक्त आग्रह
- वालिङमा वनस्पति नक्साङ्कन हुँदै, पतञ्जली र वालिङबीच ६ बुँदे सम्झौता