Close Menu
    Facebook X (Twitter) Instagram
    Wednesday, September 17
    Trending
    • “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना
    • आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै
    • संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक
    • अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा
    • बाबुको तिथिमा कारागारलाई सहयोग
    • स्याङ्जा अदालतका स्थगित सेवा सोमबारदेखि पुनः सुचारु
    • बालदिवसमा हुने भनिएको पञ्चेबाजा प्रतियोगिता स्थगित
    • हट्यो स्याङ्जाको कफर्यू र निषेधाज्ञा
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » गण्डकी प्रदेशको बजेटका सम्बन्धमा छलफल
    गण्डकी प्रदेश

    गण्डकी प्रदेशको बजेटका सम्बन्धमा छलफल

    Syangja SandeshBy Syangja SandeshJune 1, 2021Updated:July 15, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    पोखरा, १८ जेठ । गण्डकी प्रदेशसभाको आजको बैठकमा आार्थिक वर्ष २०७८र०७९ को बजेटका सिद्धान्त र प्राथमिकतामा सम्बन्धमा छलफल भएको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको बजेटका सिद्धान्त र प्राथमिकता विषयक छलफलमा सहभागी हुदै सदस्यहरूले आ–आफ्ना धारणा राख्नुभयो । बैठकमा अधिकांश सत्ता पक्षीय सदस्यहरूले प्रदेशका जनताको समग्र हितलाई लक्षित गर्दै बजेटका सिद्धान्त र प्राथमिकता आएका बताउनुभयो भने प्रतिपक्षी दलका सदस्यले विश्वासको मत समेत नलिएका अवस्थामा सरकार अघि बढ्नुको औचित्य छैन भन्नुभयो ।

    प्रदेशसभा सदस्य मायानाथ अधिकारीले सुखी नागरिक र समृद्ध प्रदेशको लक्ष्य प्राप्तीमा आधारित भै सिद्धान्त र प्राथमिकता आएको बताउनुभयो । विद्यमान अवस्थामा आग्रह पूर्वाग्रहबाट नभै सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । अर्का सदस्य प्रकाशचन्द्र दवाडीले विश्वासको मत नलिइ सरकार अघि बढ्नुको औचित्य नहुने बताउँदै कोरोना महामारीको विद्यमान अवस्थामा जनतालाई बचाउने काम पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

    त्यस्तै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले जनताको अपेक्षा एकातिर व्यवहार अर्कोतिर हुने गरेको बताउँदै अपेक्षा र व्यवहारबीच तालमेल मिलाउनु जरुरी भएको बताउनुभयो । देशमा यो संविधान एवम् प्रणालीलाई बचाउनेतर्फ एक ध्रुब र यसको अन्त्य गर्नेतर्फ अर्को धु्रुब लागेको उल्लेख गर्दै उहाँले संविधान एवम् प्रणालीलाई समाप्त गर्ने गरी भइरहेका प्रयास देश र जनताको हितमा नरहेको उल्लेख गर्नुभयो । सङ्घले ल्याएको वितरणमुखी बजेट कार्यान्वयन हुने अवस्था नभएको उहाँले बतााउनुभयो ।

    अर्का सदस्य कृष्ण थापाले अहिले प्रमुख समस्या कोभिडको हो भन्दै शिक्षा, स्वास्थ्य जस्ता विषय निजीकरण नभै सरकारीकरण हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशमा आयमूलक योजना राख्नुपर्ने र भ्रष्टाचार निवारण, सुशासन जस्ता कार्यक्रम अघि ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । आजको बैठकमा कृष्णबहादुर थापा, विन्दुकुमार थापा, आशा कोइराला, धनञ्जय दवाडी, ललितकला गुरुङ, लेखबहादुर थापा, मीना गुरुङ, सरिता गुरुङ, राजीव पहारी, मेखलाल श्रेष्ठ, मीनप्रसाद गुरुङ, मणिभद्र कंँडेलले आ आफ्ना धारणा राख्नुभयो । अर्को बैठक जेठ १९ गते दिउँसो १।०० बजे बस्नेछ ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    घर– घरै पुगे सामाजिक सुरक्षा भत्ता नविकरण गर्न वडाअध्यक्ष भुर्तेल

    August 4, 2025

    प्रदेश सरकारद्धारा स्याङ्जाका ३२ खाद्य पसलको अनुगमन तथा निरीक्षण

    June 5, 2025

    प्रादेशिक लोकतान्त्रिक अपांग संघमा शंकर, महासचिवमा स्याङ्जाका युवराज

    February 25, 2025

    प्रेस सेन्टर गण्डकी प्रदेशको अध्यक्षमा पुनः स्याङ्जाका अर्जुन

    February 5, 2025

    नेपाल मुस्लिम संघ गण्डकी प्रदेश समितिको पदस्थापना

    February 3, 2025

    गण्डकी प्रदेशमा जलवायु समिक्षा कार्यशाला सम्पन्न

    January 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025

    अबिरल बर्षाका कारण पुतलीबजारका ६ घर बस्नेै जोखिममा

    September 17, 2025

    बाबुको तिथिमा कारागारलाई सहयोग

    September 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    “पोतपबित्रा – प्रवीण स्मृति पुरस्कार कोष” स्थापना

    September 17, 2025

    आज विश्वकर्मा जयन्ती, साधन, औजार पुजागरि मनाइदै

    September 17, 2025

    संबिधान दिवस मनाउन स्याङ्जाका चार दलको बैठक

    September 17, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.