कास्की ३० असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ । सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसदहरु आक्रोशति बनेका थिए । मार्सल लगाएर विनियोजन विधेयक पास गराइएपछि एमाले सांसदहरुले सदन छाडेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा एमालेका सांसद सदनमा थिएनन् । मुख्यमन्त्री पोखरेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा आर्थिक वर्ष २०७८÷७९ विनियोजन विधेयक बहुमतले पास भएको हो ।
				
	Tuesday, November 4				
							
				
	Trending
	
				- राम्दी नाकाबाट २ लाख ७३ हजारको खैनी प्रहरी नियन्त्रणमा
 - वक्तृत्वकला प्रतियोगितामा पर्वतका सुवास प्रथम
 - गहना र रेडियो चोरी गरेपछि फरार राना ४७ बर्षपछि पक्राउ
 - जिल्लास्तरीय बार्षिक समिक्षा सम्पन्न, अर्जुनचौपारीलाई जिससको सम्मान
 - उत्तरबाहिनी धर्मोत्सवमा ५ अरब तुलसीपत्ताद्धारा सवा लाख शालीग्रामको पुजा
 - यसबर्ष स्याङ्जामा सुन्तला उत्पादन बढ्यो
 - ‘बेष्ट पोलिस अफ द मन्थ’ मा प्रहरी निरीक्षक तिवारी
 - कालीगण्डकीमा पौडी खेल्न गएका बालक अझै भेटिएनन
 
		