स्याङ्जा ९ पुस । कोभिड १९ सम्बन्धि लान्छना न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको आयोजना तथा राष्ट्रिय एच.आई.भी तथा एड्स महासंघ नेपालको आर्थिक सहयोगमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा क्षयकुष्ठ वरिष्ट अधिकृत बिष्णुप्रसाद ढकालले एचआईभी, क्षयरोग र कोरोना सम्बन्धी जिल्लाको बस्तुगत अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख बसुन्धरा शर्मा, स्वास्थ्य अधिकृत मित्रबन्धु अर्याल लगायतले आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।