स्याङ्जा १६ असोज । स्याङ्जा स् जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध सालको काठ बरामद गरेको छ। स्याङ्जा, कालीगण्डकी गाउँपालिका ७ बस्ने २८ वर्षीय चालक नरबहादुर मगर पक्राउ परेका हुन्।
मिर्मितर्फ जाँदै गरेको लु ३ त ४२६७ नम्बरको ट्याक्टरबाट अवैध रुपमा सालको काठसहित सोही ट्याक्टर चालक मगरलाई मंगलबार राति १० बजे नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो।
इलाका प्रहरी कार्यालय जैपते स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सानो ठुलो गरी २६ थान ९अन्दाजी ६० क्यू फिट० सालको काठ फेला परेको प्रहरी जानकारी दिए। प्रहरीले कारवाहीका लागि ईलाका वन कार्यालयमा बुझाएको जनाएको छ।