स्याङ्जा, ९ मंसिर । नेपाली काँग्रेसका नेता एवं स्याङ्जा क्षेत्र न १ का प्रदेशसभा २ का सदस्य पदका उम्मेदवार बुद्धिबहादुर राना (कुमार) ले मतगणनामा भएको त्रुटी सच्चाउन माग गर्नुभएको छ । उहाँले मतगणना गर्ने क्रममा ८ मत हराएको भन्दै पुनः मतगणना गर्न आग्रह गर्नुभएको हो ।
मतगणनामा भेटिएका मतपत्र र मतदानपछि मतपेटिकामा गरिएको मुचुल्कामा भए बमोजिम भन्दा ८ वटा मत कम देखिएपछि रानाले पुन मतगणनाको माग गर्नुभएको हो। उहाले भन्नुभयो, ६ मतले पराजय भोग्नु पर्ने तर ८ मत हराउनु कस्तो बिडम्बना हो ?
लोकतान्त्रिक बामगठबन्धन सहित नेपाली कांग्रेसतर्फका उम्मेदवार राना र नेकपा एमालेतर्फका सुधिरकुमार पौडेलबीच निकै प्रतिस्पर्धा रहेको थियो । अधिकांश समय अग्रता कायम गर्दै गर्दे राना फेदिखोला गाउपालिकाको वडा नं. ५ मा आउदा नजिता भने प्रतिस्पर्धीको कोल्टामा पुग्यो । दुई प्रतिस्पर्धीबीच ६ मत अन्तर रहयो । र, पौडेलले निर्वाचन जित्नुभयो ।
रानाले १७ हजार ४ सय ३५ मत प्राप्त गर्दा पौडेलले १७ हजार ४ सय ४१ मत प्राप्त गर्नुभएको छ ।