स्याजा, २ असार । भीरकोट नगरपालिका बयरघाँरी स्थित आँधीखोला किनारमा बुधवार घनश्याम ढकालको मृत शरिर भेटिएको छ।
आँधीखोला गाउँपालिका ६ का ५७ बर्षिय ढकाल मंगलबार साँझपख घरवाट निस्केपछि वेखबर हुनुहुन्थ्यो ।
खोलाको बिच भागमा रहेको खाली बगरमा पछारिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
शव भेटिएको खबर संचार भएपछि आफन्तले खोजीगर्दा पहिचान भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
वालिङ स्थित गह्रौं प्राथमिक अस्पतालमा पोष्टमार्टमपछि शवलाई आफन्तले बुझेका छन्।
ढकालको मृत्युका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Friday, May 16
Trending
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न
- पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
- स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
- फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
- स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
- आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
- पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस