स्याङजा, २२ असार । आँधीखोला गाउँपालिकाले ६ वटै वडाका किसान र व्यावसायिक कृषक फर्म समूहहरूलाई ५० प्रतिशत अनुदानमा सुन्तला र कागतीका बिरुवा वितरण गरेको छ । किसानहरूलाई फलफूल खेतीमा व्यवसायिक बनाउन ३५० जना किसानलाई ४ हजार ५ सय सुन्तला र २ हजार ५ सय कागती गरी करिब ७ हजार पोलि ब्यागसहितको बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले पचास प्रतिशत र सम्बन्धित किसानले पचास प्रतिशत ब्यहोर्ने गरी बिरुवा खरिद गरिएको हो । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले किसानलाई आर्थिक रूपमा सक्षम बनाउन व्यावसायिक खेती पद्धतिलाई आफूहरूले जोड दिएको बताउनुभयो । गाउँपालिकाका जनतालाई फलफूल खेतीबाट पनि आत्मनिर्भर गराउने र कमसेकम आफ्नो भान्छामा आवश्यक पर्ने कागती आफूनै बारीबाट उत्पादन गर्न सक्ने वातावरण मिलोस् भन्ने लक्ष्यका साथ बिरुवा वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको आँधीखोला गाउँपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको गाउँसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राख्दै सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ४ सय ५० स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गरिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । कृषकको चाहना अनुसार वहाँहरूले के–के जातका फलफूल लगाउन चाहनुहुन्छ, वडा कार्यालयमार्फत निवेदन माग गरी बिरुवा वितरण गरिएको आचार्यले बताउनुभयो । जग्गामा बढ्दै गएको अम्लीयपनको निवारणका लागि गाउँपालिकाभित्र ११ टन कृषि चुन निःशुल्क वितरण गरि सकिएको छ ।
Thursday, November 20
Trending
- बहुवर्षिय मझौला आयोजनाको ३६ प्रतिशत वित्तीय प्रगति
- बालबालिकाका समूहबीच स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता
- नेपालमै पहिलोपटक अर्जुनचौपारी गाउँपालिकामा ध्वनी चिकित्सा पद्धतीबाट उपचार
- स्याङ्जामा ६ लाख ५४ हजार किलो बीउ उत्पादन
- मत्स्य दिवस पारेर आँधीखोलामा माछाका भुरा छाडिए
- वालिङ नगरपालिकाद्धारा उत्कृष्ठ बिद्यालय, शिक्षक, बिद्यार्थी सहित सेवानिबृत्त शिक्षकलाई सम्मान
- सुनका गहना सहित बि.क. र फरार कैदी थापा पक्राउ
- गल्याङमा देवकोटा काव्य उत्सव र स्रष्टा सम्मान
