Close Menu
    Facebook X (Twitter) Instagram
    Tuesday, May 13
    Trending
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    • शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस
    • लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु
    • खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा
    • कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » २५० बर्षपछि केहरसिंह बस्न्यातको स्मृतिसभा सतौंमा
    पुतलीबजार नगरपालिका

    २५० बर्षपछि केहरसिंह बस्न्यातको स्मृतिसभा सतौंमा

    Syangja SandeshBy Syangja SandeshDecember 22, 2021No Comments2 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा, ६ पुस । नेपाल एकिकरणका योद्धा केहरसिंह बस्न्यातलाई उनका सन्ततीले २५० बर्षपछि खोजी गर्दै स्याङ्जाको सतौंकोट आएका छन्।
    बस्न्यातको निधनको दिन पारेर उनका सन्ततीले वडा कार्यालयसंग समन्वय गर्दे स्मृति सभा पनि मनायो ।
    विस १८२८ पुस ५ गतेका दिनको घटनाका स्मरण गर्दे बस्न्यात सन्तती सतौंकोट आएर स्मृतिसभा गरेका हुन। सहिद महेन्द्र शाह स्मृति पार्कमा बस्न्यातको स्मृतिसभा गरिएको हो।
    आफना पूर्वजको सम्झना गर्दै नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यात लगायत श्रीपाली बस्न्यात समाज र वडा नं. १४ ले स्मृति सभाको आयोजना गरेको हो।
    हालको पुतलीबजार नगरपालिका १४ मा सतौंकोट छ। सतौंचण्डी र सतौंकोट यहाँका पहिचान हुन।
    तत्कालिन गोरखाका राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियान अन्र्तगत सतौं दरबार आक्रमण गर्न आउदा पुस ५ गते गोरखाका योद्धा कमाण्डर केहरसिंह बस्न्यातले लडाईंका क्रममा यहाँ मृत्यु भएको थियो।
    सतौंकोटे दरबार शक्तिशाली देखियो। त्यतीवेला सेनाका कमाण्डार बस्न्यात मारिए भने बंशराज पाण्डे घाईते भए। घाईते पाण्डेलाई नजरबन्द अवस्थामा पर्वत पुरयाइयो र करिब ५ सय सैनिक मारिएका भन्ने भनाई छ।
    स्मृति सभालाई सम्बोधन गर्दे मध्यकमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठले राष्ट्रियताको रक्षा र ऐतिहासिक धरोधरको संरक्षण गर्न नेपाली सेनाको उदेश्य रहने बताउनुभयो । उहाले भन्नुभयोे, ‘ पृथ्वी दिवस पुस २७ का दिन आयोजना गरिने एकिकरण पदयात्रालाई सतौंसम्म जोडेर पदयात्रा बनाउनेतर्फ आफनो पहल हुनेछ।’
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रा.डा. डीलबहादुर क्षेत्री, प्रा.डा. ज्ञानबहादुर कार्की, श्रीपाली बस्न्यात समाजका मोहनसिंह बस्न्यात, वडा अध्यक्ष ओमबहादुर खड्का, पर्यटन विकास समितिका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठ, जेष्ठ नागरिक रनबहादुर शाह लगायतले ऐतिहासिक धरोहरको संरक्षण र स्मरण गर्नुपर्नेमा जोड दिनुभयो ।
    सोही वडाका अध्यक्ष शेषराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले स्वागत एवं आफना पूर्वज केहरसिंह बस्न्यातका बारेमा जानकारी गराए भने स्थानीय समाजसेवी ताराचन्द्र ढकालले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
    यसैबीच, पूर्व जर्नेल प्रा. डा. प्रेमसिंह बस्न्यातद्धारा लिखित नेपाल एकिकरणमा योद्धाहरुको सम्मानमा आयोजित सतहुँकोटको लडाईं र प्रधानसेनापति केहरसिंह बस्न्यातको २५० औं स्मृति दिवस हात पुस्तिका समेत विमोचन गरिएको छ।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    लायन्स क्लव अफ स्याङ्जा टाउनको आयोजनामा निशुल्क योग शिविर सुरु

    May 11, 2025

    खोपबहादुर गोदारको चौरासी पुजा शिवपार्वती बृद्धाश्रममा

    May 11, 2025

    कोल्माका बिद्यार्थीलाई पूर्वमन्त्री श्रेष्ठ र संस्थापक परिवार गुरुङद्धारा शैक्षिक सामाग्री प्रदान

    May 10, 2025

    वडा नं. १० का महिलालाई मादल बजाउन सिकाउने तालिम

    May 8, 2025

    आगलागीबाट पुतलीबजारमा एक घर र वालिङमा एक उद्योग जलेर पूर्णक्षति

    May 4, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025

    प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत

    May 11, 2025

    शिक्षक संघ स्याङ्जाले मनायो बिबिध कार्यक्रम सहित ३६ औं स्थापना दिवस

    May 11, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.