काठमाण्डौं २५ असार । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ । त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जनाइएको छ । हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हेइटी प्रहरीका निर्देशक लियोन चाल्र्सका अनुसार १५ कोलम्बियाली र दुई हेईटी–अमेरिकीलाई पक्राउ गरिएको छ । तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन् । बुधबार बिहान हतियारधारीले राष्ट्रपति भवनमा प्रवेश गरी राष्ट्रपति जोभिनल मोइसमाथि आक्रमण गर्दा मोइसको घटनास्थलमै मृत्यु भएको थियो । मोइसकी श्रीमती घाइते भएको बताइएको छ ।
Monday, December 8
Trending
- लैंगिक हिंसा बिरुद्धको अभिमूखीकरण सहित स्वयंसेविका सम्मान
- मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
- कबिता प्रतियोगितामा ३२ जना विद्यार्थीबीच प्रतिस्पर्धा
- वालिङ सडक खाना महोत्सव एक दिन लम्बियो
- लैंगिक हिंसा बिरुद्ध सरोकारवालाबीच सचेतनामूलक अन्तरक्रिया
- फलफुल तथा तरकारी नर्सरी ब्यवस्थापन तालिम
- अन्तर्राष्ट्रिय अंपागता दिवसमा ८ वटा बिबिध कार्यक्रम
- जबरजस्ती करणीका फरार आरोपी १३ बर्षपछि पक्राउ
