स्याङजा, १ भदौ । स्मार्ट नगर बनाउदे उदेश्य लिइ अघि बढेको वालिङ नगरपालिकाले राजमार्गका बिच भागमा बिरुवा रोप्ने अभियानलाई सुरु गरेको छ ।
वालिङ बजारको केही भागलाई हरियाली बनाउने अभियान अन्र्तगत बिरुवा रोपण गरिएको हो ।
राजमार्गका दाँयाबाँया सडक बिस्तारसंगै बिचमा निर्माण गरिएको क्यारीमा बिरुवा रोपिएका छन। भर्खर निर्माण गरिएको सडक बिचको क्यारीमा बिरुवा रोपिएका हुन ।
बृक्षारोपण अभियानको सुभारम्भ गर्दे नगर प्रमुख दिलिप प्रताप खाँणले हरियाली वातावरण बनाउने नगरबासीको साझा अभियान रहेको बताउनुभयो । वालिङ जैसीपैधेरा देखि मिर्दी सम्मको सडकको क्यारीमा बिरुवा रोपिने भएको छ ।
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालन भईरहेको हरियाली पुनःरुत्थान परियोजना अन्तरगत बिरुवा रोपिएको हो ।
नगर सहित राजमार्ग अन्र्तगतको सडकलाई हरियाली बनाउने योजना अनरुप बिभिन्न जातका बिरुवा रोपिएको र हरित नगरी अभियान सुरु भएको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्याप्टेन यामबहादुर गुरुङले जानकारी दिनुभयो ।
Wednesday, May 21
Trending
- जीविकोपार्जनकालागि गल्याङमा २५ माउ बाख्रा बितरण
- नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जाको अध्यक्षमा गाहामगर
- अनुहारमा लागेको दाग ऐना पुछेर जादैन — महामन्त्री थापा
- गल्याङ्ले १ सय ८१ जनालाई १२ लाख १७ हजार छात्रबृत्ती
- महालेखा परिक्षणमा स्याङ्जाको बेरुजु १६ करोड २० लाख
- बाद्यवादनका सामाग्री बजाउन सिकाउने तालिम सुरु
- एलिसा ब्यूटि पार्लरले मनायो १६ औं बार्षिकोत्सव
- पाँच दिने बृहत योग शिविर सम्पन्न