Close Menu
    Facebook X (Twitter) Instagram
    Thursday, May 15
    Trending
    • पाँच दिने बृहत योग शिविर सम्पन्न
    • पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न
    • स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु
    • फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना
    • स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु
    • आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै
    • पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस
    • प्रजिअ अर्याल र प्रहरी प्रमुख न्यौपानेलाई संघद्धारा स्वागत
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » हराउँदो संस्कृति ! ‘लैजा लुतो लैजा ……….’
    समाचार

    हराउँदो संस्कृति ! ‘लैजा लुतो लैजा ……….’

    Syangja SandeshBy Syangja SandeshJuly 16, 2021No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङजा १ असार । आज साउने संक्रान्ति। नेपालका धर्मसंस्कृति अनुरुप साउन १ गतेका दिनलाई पर्वका रुपमा मनाईन्छ। आजकै साँझ लुतो फाल्ने प्रचलन पनि हो। तर, हिजोआज लुतो फाल्ने चलनमा कमी भएको छ। हाम्रा संस्कृति र परम्परा हराउदै गएको छ।
    सूर्य दक्षिणतर्फ सरी कर्कटरेखा माथि जाने भएकाले साउने सक्रान्तिलाई कर्कट सक्रान्ति पनि भन्ने गरिन्छ ।
    गाउँघरमा लुतो फाल्ने संस्कृतिलाई बुढापाले जेनतेन धान्दै आए पनि शाहर बजारमा भने खासै देखिदैन। अहिलेका युवा यसतर्फ जानकार देखिदैनन्। पछिल्ला समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गएको छ। हाम्रा कला संस्कृति, धर्म र पराम्परासंग साक्षात्कार गराउने यस्ता प्रचलन हराउदै जानु दुखद पक्ष हो।
    पुतलीबजार नगरपालिका १ प्रगतीनगर बस्ने सबिता शर्मा लुतो फाल्ने प्रचलन र संस्कृतिका बारेमा थाहा नभएको बताउनुहुन्छ । कक्षा १२ मा अध्ययरत उनी परम्परा र संस्कृति जोगाउन आवश्यक ठान्नुहुन्छ ।
    साउनको महिना शुभारम्भसंगै आजका विहानै नुवाइधुवाईपछि शिवको पुजाआजा सहित छोराछोरीलाई टिका लगाई दक्षिणा दिइन्छ। साँझमा लुतेझार, पानी सरो, रातपाते, ककुरडाइनो, भलायोे, तीउरी, देवीसरो, धसिङ्गरे, उन्यू, नागबेली, कुरिलो, सिउँडी, सिस्नु, जरै सहितको पानी अमला लगायतका विविध वनस्पति र झारपात सहित कागती, निवुवा, नासपती, अम्बा लगायतका फलफूलले कण्डारक राक्षकको पुजा गरिन्छ। पुजाका क्रममा बालिएका दाउरा अर्थात अगुल्टालाई चारै दिशा फाल्ने गरिन्छ।
    घरलाई मध्य भाग मानेर पूर्व, पश्चिम, उत्तर, दक्षिणतर्फ अगुल्टा फाल्दा नांङ्लो र घण्ट बजाउने गरिन्छ। ‘लैजा लुतो लैजा हाम्रा घरका लुतो लैजा’ भन्दै घरमूलीले फयाक्ने गर्छन्।


    ‘उहिल्यै उहिल्यै यिनै बनस्पति, झारपात खोज्नका लागि पाखो र बन घुमिन्थ्यो, दिनै बिताएर खोजेर ल्यायो, साँझमा बुवाले आँगनमा बसेर पुजा गर्दे चारैतर्फ अगुल्टो फाल्दा निकै रमाइलो लाग्थ्यो,’ बिगत स्मरण गर्दै शान्ति पौडेल भन्नुहुन्छ, ‘आमाले सेलरोटी र फुरौला पकाउनी हामीहरु नाच्दै, रमाउदै र खाँदै कति रमाइलोगरी मनाएको पर्व आज कल्पना सरह भए।’

    रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फाल्ने गरिएको र त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायमै रहेको हो।
    असारे महिना दिनोरात काम गरेका थाकेका किसानले रमाइलो गर्ने दिन हो। त्यसो त, रोपाईका बेला स्याहार गर्न नपाएको शरिर धुलो, पानी र मैलाका कारण घाउ, खटिरा, लुतो पनि आउन सक्ने भएकाले परम्परागत प्रचलन अनुरुप लुतो भगाउन पनि यस्तो गरिएको भन्ने भनाई छन्। हिलोका कारण छालामा देखिने संक्रमण र रोगबाट मुक्ति पाउन पनि साँझ लुतो र चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन रहेको बुढापाकाको भनाई छ।
    ‘मानो खाई मुरी उब्जाउने’ असार महिनाभर गरिएको खेतीपातीका कारण ब्यस्त किसानले इष्टमित्र र आफन्तका साथ रमाइलो गर्दै आजका दिन सेलरोटी, फुरौला पकाएर रमाइलो गर्ने गर्छन।
    आजका दिन तीउरी लगाउने चलन हो। तर, हिजोआज मेहन्दी लगाउने चलन बढेको छ। मेहन्दीले तीउरीलाई बिस्थापित गरेको छ। स साना बिरुवा गाउघरमा सहजै पाईने बिभिन्न रंगीचंगी फुल फुल्ने तीउरीका पात कुटेर हातमा लगाउने गरिन्छन्। बिभिन्न कला र आकृतिमा कोरेर वा हातमा रंग्याएर तीउरी लगाउने गरिन्छ। तीउरी लगाउनाले सर्प, ह्रर्यौ र बिच्छीले डस्दैन भन्ने प्रचलन पनि रही आएको छ।
    समयानुसार संस्कृति र परम्परालाई आधुनिकताले छोएको छ। असान्दार्भिक पक्षलाई सुधार गर्दे संस्कृति जोगाउन जरुरी छ। केही बर्षदेखि महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरिया बस्त्र, हरियो चुरा र मेहन्दी लगाउने गर्छन। भगवान शिवजीको महिना शिवलाई खुशी पार्न साउनको महिनाभर सोमबारे व्रत बस्छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    आज २५६९ औँ बुद्ध जयन्ती मनाइदै

    May 13, 2025

    पाणिनी आश्रममा बार्षिकोत्सव तथा स्थापना दिवस

    May 11, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025

    फेदिखोलाका बिद्यार्थीबीच लागुऔषध बारे सचेतना

    May 14, 2025

    स्मृति क्लवद्धारा अध्यक्षकप फुटवल प्रतियोगिता सुरु

    May 13, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    पाँच दिने बृहत योग शिविर सम्पन्न

    May 14, 2025

    पुतलीबजारमा जरी माला बनाउने तालिम सम्पन्न

    May 14, 2025

    स्वास्थ्य स्वयंसेवी महिलालाई फेदिखोलामा आधारभूत तालिम सुरु

    May 14, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.