स्याङ्जा, १६ मंसिर । स्याङ्जा क्षेत्र नं. २ अन्र्तगत प्रदेश सभा (१) तर्फ काँग्रेसका भोजराज अर्यालको बिजयी हुनु भएको छ ।
प्रदेश अन्र्तगत २ हजार ३७० मत अन्तरले आफना प्रतिस्पर्धी उम्मेदवार नेकपा एमालेका मोहन रेग्मीलाई पछि पार्दै बिजयी हुनु भएको हो ।
अर्यालले १५ हजार १६१ मत पाउदा रेग्मीले १२ हजार ४३१ मत पाएको निर्वाचन अधिकृत रामचन्द्र शर्माल जानकारी दिनुभयो ।
प्रदेश १ अन्र्तगतका १९ वडा छन् । गल्याङ नगरपालिका ६,७, भीरकोट नगरपालिकाको ५, ६, ७, ८, ९, वालिङ नगरपालिकका ७, ८, ९, १०, ११, १२, १३ र १४ वडा छन पर्दछन् ।
यसअघि अर्यालले वालिङ् गाविस अध्यक्ष, नगरपालिकाका पूर्व नगरप्रमुख भै स्थानीय पालिकाको अनुभव संगाल्नु भएको छ । उपविजेता रेग्मी २०७४ सालमा सोही प्रदेशबाट निर्वाचित सांसद हो ।