स्याङ्जा १४ मंसिर । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको चौथो विश्व सम्मलेलन तथा सातौँ अधिवेसनले टुकराज अर्यालको अध्यक्षतामा कार्यसमिति निर्बिरोध चयन गरेको छ।
२ बर्षे कार्यकालका लागि गठित समितिको वरिष्ठ उपाध्यक्षमा भोला पौडेल चुनिनुभयो । यसैगरी, उपाध्यक्षहरुमा मध्यपूर्वतर्फका हरि लुइटेल, एसिया प्यासेफिकतर्फका नरेश बहादुर जिसी, महिला उपाध्यक्षमा माया केसी, महासचिवमा मुक्ति सुबेदीलाई चयन गरिएको छ।
यस्तै, सचिवमा राजेश पाण्डेय र मीन क्षेत्री, महिला सचिवमा इन्दिरा खनाल, कोषाध्यक्षमा खगेंद्र गैह्रे, सह–कोषाध्यक्षमा धर्म पराजुली रहेका छन्।
युवा संयोजकमा ओमकार पोख्रेल, महिला संयोजकमा निर्मला तिवारी, मध्यपुर्ब संयोजकमा थमन सिङ रानाभाट, एसिया प्यासेफिक संयोजकमा हरि न्यौपाने छन्।
सदस्यमा गुप्तप्रसाद गैह्रे, नारायणप्रसाद डुम्रे, भरत रोकाह, हुतबहादुर क्षेत्री लगायत ३२ सदस्यीय कार्यसमिति हुनेमा बाँकी थप पहिलो बैठकले चयन गर्ने नेपाली जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले जानकारी दिए।
स्याङ्जाबाट रोजगारका लागि बिभिन्न मुलुकमा पुगेका युवायुवतीद्धारा गठित समाज हो । समाजले कोभिड लगायत अन्य विपदका समयमा समाजमा पुगेर अक्सिजन तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्योपचारमा आर्थिक समस्यामा परेकाहरुको निम्ति आर्थिक सहयोग, बाढीपहिरो पीडित तथा विभिन्न घटनामा ५० लाख भन्दा बढिको सहयोग गरेको संस्थाले जनाएको छ। रोजगारका लागि बिभिन्न १९ वटा देशमा पुगेर स्याङ्जाली युवायुवतीको सहभागीता थियो।
गण्डकी विश्वविद्यालयका कूलपति प्राध्यापक डा.गणेशमान गुरुङले उदघाटन गरेका गर्दै स्याङ्जाबाट रोजगारका लागि विभिन्न मुलुक पुगेका स्याङ्जालीहरुले प्रशंसनीय सामाजिक गतिविधी गर्दे आएकोमा खुशी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा वालिङ् नगरप्रमुख दिलिपप्रताप खाँणले विदेशी अनुभवलाई सिको गर्दै नगरपालिकाले उद्यम तथा विकास गर्नका लागि हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।
Monday, November 17
Trending
- फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
- उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
- एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
- राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
- कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
- गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
- सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
- हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
