Close Menu
    Facebook X (Twitter) Instagram
    Monday, November 17
    Trending
    • फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा
    • उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत
    • एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ
    • राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई
    • कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना
    • गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न
    • सरकारले फागुन २१ मा चुनाव गर्न सक्दैन — सचिव अर्याल
    • हरिनाशमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी सचेतना कार्यक्रम
    Facebook X (Twitter) Instagram
    • गृहपृष्ठ
    • समाचार
    • गण्डकी प्रदेश
    • स्याङजा बिशेष
      • नगरपालिका
        • पुतलीबजार नगरपालिका
        • वालिङ् नगरपालिका
        • गल्याङ् नगरपालिका
        • भीरकोट नगरपालिका
        • चापाकोट नगरपालिका
      • गाउँपालिका
        • फेदिखोला गाउँपालिका
        • कालिगण्डकी गाउँपालिका
        • आँधीखोला गाउँपालिका
        • अर्जुनचौपारी गाउँपालिका
        • बिरुवा गाउँपालिका
        • हरिनास गाउँपालिका
    • बिचार
    • राजनीति
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    Home » स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउनेछु — थापा
    राजनीति

    स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउनेछु — थापा

    Syangja SandeshBy Syangja SandeshNovember 17, 2022Updated:November 17, 2022No Comments3 Mins Read
    Facebook Twitter LinkedIn Telegram Pinterest Tumblr Reddit Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    स्याङ्जा १ मंसिर । प्रतिनिधिसभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार राजु थापाले सुनसान स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउने बताउनु भएको छ ।


    निर्वाचन आउन अब ३ दिन मात्र बाँकी रहदा सदरमुकामबासी मतदाताका घरदैलो गर्दै उनले सदरमुकाम गुल्जारमय बनाउन त्यसक्षेत्र वरपरका दुई जिल्ला तथा दुई क्षेत्र जोड्न सडकमार्ग पक्की सहित आवश्यकता अनुरुपका विकास सहित उद्योगधन्दाका लागि वातावरण निर्माण गर्ने उहाले बताउनुभयो ।


    ‘लामो समयसम्म एकपक्षीय राजनीतिक अखडा भएकै कारण सदरमुकामबासीले विकास र परिवर्तनको अनुभूत गर्न पाएनन्। जसका कारण शिक्षा, स्वास्थ्य र रोजगारका लागि अन्यत्र शहर जान वाध्य हुनुपरयो।।’ उहाले थप्नुभयोे, ‘अव ति सबै सेवा र सुबिधा सदरमुकाममै उपलब्ध गराउने वातावरण मिलाएर वाहिर गएकालाई पनि फर्काउने काममा म जुट्नेछु।’


    उहाले भन्नुभयो, ‘दुई जिल्ला जोड्ने पक्की सडकहरु बाडखोला—दुलेगौडा, पुतलीखेत — कार्कीनेटा, छोरेपाटन — बाडखोला, घुम्ति — चिसापानी सडक पक्की बनाउने, डेडीकेटेड सहितको २ लेनको सिद्धार्थ राजमार्ग मेरोे प्राथमिकतामा छन्।’
    यसैगरी, सर्वशुलभ र निशुल्क शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानी, भौतिक पूर्वाधार, सडक, यातायात, उद्योग, ब्यवसाय, निजी क्षेत्र, संस्कृति तथा पर्यटन, युवा लक्षित योजना, शहरी विकास, सुशासन, वनवातावरण, उर्जा, जलस्रोत, श्रम रोजगार, पुल पुलेसा सहित उहाका चुनावी एजेण्डा छ्न्।


    युवा र महिलालाई रोजगारसंग जोडी आयआर्जन र सीपमूलक तालिम तथा उद्योग ब्यवसाय संचालनगरी युवा र महिलालाई आत्मनिर्भर बनाउने, सबै धर्म सम्प्रदायलाई समान शिक्षा, रोजगार र अवसरमा सहयोग, जिल्ला अस्पताललाई एक सय शैयामा स्तरोन्नती, आधीखोला, सेतीखोला, दरौंखोलामा तटबन्ध, कृषिलाई प्राथमिकतामा राख्ने लगायतका चुनावी एजेण्डा छन।


    रोजगारका लागि घर बाहिर रहदा यहाँका उर्वरभूमिको उपयोग हुन नसकेको जनाउदै उनले कृषिका माध्यमबाट आयआर्जनसंग पारिवारिक मेल गराउने वातावरण सृजना गर्ने उहाले जोड दिनुभयो । नेपालकै सबैभन्दा गुणस्तरीय र स्वादिला सुन्तला हुने स्याङ्जाका सुन्तला चीन लगायतका छिमेकी मुलुकमा निर्यात गर्ने, बाँझा जग्गाजमिनको उपयोग गर्दे कफी, मौसमी तथा बेमौसमी फलफूल तथा तरकारमा ब्यवासायिकरण उद्यम संचालन गर्ने जस्ता किसानमुखी नीति निर्माणगरी रोजगारका लागि अन्यत्र शहरमा जाने वा विदेशिने युवापंक्तिलाई जिल्लामै अड्याउने वातावरण बनाउने उहाका प्रतिवद्धता छन्।


    एशियाकै पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारी, निर्माणाधिन गोर्खा स्मारक (साल्मेडाडाँ), दरौंको थाप्ले स्थित एशियाकै अग्लो बुद्ध मूर्ति, मिलेनियम ट्रयाक लगायतका महत्वकांक्षी एवं निर्माण सम्पन्न हुन नसकेका बिशेष र महत्वाकांक्षी आयोजनाहरु प्रति राज्यको ध्यानाकर्षण गराउदै उचित सम्बोधन गर्ने उहाले बताउनुभयो ।


    ‘म २०७० सालमा निर्वाचित भएपछि सुरुवात गरेका कामलाई एमाले सरकारले थप वजेट नदिदा अलपत्र परेको छ।’ उहाले भन्नुभयो, ‘नागरिकका दैनिक जनजीवनसंग जोडिएका ती विकासे योजनालाई पुरा गर्ने प्रतिवद्धतासंगै स्याङ्जाको भुगोल सुहाउदो उद्यम, ब्यबसाय संचालनगरी स्वरोजगारसंग जोडिएका कामलाई प्राथमिकतामा राखेकोछु।’
    दोश्रो पटकको संबिधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार थापाले जितेपछि यस क्षेत्रमा थापाको आर्कषण बढेको छ। युवाका आर्कषणमा रहने उहा यसपटक आफनो जित सुनिश्चित रहेको दावी गर्नुहुन्छ ।


    विस २०७० को संबिधानसभा, २०७४ को प्रतिनिधिसभा र अहिले पनि थापा र मरासिनी नै प्रतिस्पर्धी उम्मेदवार हुन्। ०७० मा थापा निर्वाचित भए भने ०७४ मा मरासिनी। ०७४ मा नेकपा माओवादी, एमाले सहित बामगठबन्धन थियो भने अहिले कांग्रेस सहितको लोकतान्त्रिक बामगठबन्धन छ। स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेसको मत बढी छ।


    त्यसमा पनि लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको पनि मत थपिनेछ। यसरी हेर्दा सबैले इमान्दारितापूर्वक मतदान गरेमा यस क्षेत्रमा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार राजु थापाको जित सुनिश्चित भएको कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्नुहुन्छ ।


    त्यसो त, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा समाजवादी पार्टीले इमान्दारिता प्रर्दशन गर्दै लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारलाई भोट दिएमा स्याङ्जामा लोकतान्त्रिक साझा गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।


    नेकपा एमालेले झण्डै २० बर्षसम्म जितेको यस क्षेत्रमा २०७० सालमा थापाले जित्नु भएको थियो भने नगरपालिका घोषणापछि स्थानीय पालिकामा पनि नेपाली कांग्रेसले पहिलो पटक अहिले जितेको छ। स्याङ्जाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा छ। लोकतान्त्रिक बामगठबन्धन र नेकपा एमालेबीच यहाँ चुनावी प्रतिस्पर्धा हुन्छ । प्रतिनिधीसभा क्षेत्र नं. १ मा स्वतन्त्र सहित ११ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्।

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    Related Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025

    गरिमा विकास बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

    November 15, 2025
    Leave A Reply Cancel Reply

    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025

    राष्ट्रपति कप कालीगण्डकीकोे उपाधी आदर्श माविलाई

    November 15, 2025

    कृषिमा आत्मनिर्भर नभएसम्म समृद्धि र विकास असंभव — राना

    November 15, 2025
    About
    थप जानकारी
    • About Us
    • Contact Us
    • Privacy Policy
    Latest Posts

    फोटोग्राफर मञ्चको भेला फेदिखोलाको अएरपानी होमस्टेमा

    November 16, 2025

    उत्तरगण्डकी महामेलाको आयव्याय सार्वजानिक, झण्डै ८९ लाख बचत

    November 16, 2025

    एकनाले भरुवा बन्दुक सहित ३६ बर्षिय युवा पक्राउ

    November 15, 2025
    Facebook X (Twitter) Instagram Pinterest
    Copyright © 2025 Syangja Sandesh Private Limited

    Type above and press Enter to search. Press Esc to cancel.