स्याङ्जा १९ चैत । स्याङ्जा जिल्ला वार एशोसियसनको २५ औं अधिवेशनले चन्द्रबहादुर केसीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टंकप्रसाद न्यौपाने, सचिवमा प्रकाश अर्याल, कोषाध्यक्षमा दिर्घनारायण शर्मा निर्वाचित हुनु भएको हो ।
यसैगरी, सदस्यहरुमा ख्यामनारायण लामिछाने, हरिप्रसाद रेग्मी, विश्वराज मरासीनी, श्यामकाजी अधिकारी, पारशमणी पाण्डे, श्यामप्रसाद श्रेष्ठ, नारायणप्रसाद रेग्मी, नारायणप्रसाद कोइराला, संगीता नेपाली, पूर्णचन्द्र उपाध्याय, एकबहादुर कुमाल निर्वाचित हुनु भएको छ । यसैगरी, केन्द्रिय पार्षदमा तुलसी गिरी, युगनारायण श्रेष्ठ, रामेश्वर रेग्मी, दुर्गानारायण ढकाललाई चयन हुनु भएको निर्वाचन संयोजक अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी, स्याङ्जा जिल्ला बार एशोशियसनबाट आज भएको केन्द्रिय निर्वाचनका लागि ४३ मत खसेको छ । जिल्लामा वारका आधिकारिक सदस्य ५४ जना रहेको बताइएको छ ।
Sunday, March 16
Trending
- आज फागु अर्थात् होली पर्व मनाइदै
- मिर्मि क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियूका मुना न्यौपाने
- मालुंगा क्याम्पस स्ववियू सभापतिमा नेविसंघका गोबिन्द भण्डारी
- चैत मसान्तभित्रै महाधिवेशन गर्नेगरि तयारीमा जुटयो स्याङ्जा तरुण दल
- अर्जुनचौपारीको नवग्रह मन्दिरमा झण्डै ७८ लाख रकम संकलन
- जन्मदिन पारेर पहिलो पाइला नेपालद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री
- चापाकोट क्रिकेट संघको अध्यक्षमा रेग्मी
- मुक्तिनाथ विकास बैंक लिमिटेडको अध्यक्षमा स्याङ्जाकै मल्ल