स्याङ्जा १२ माघ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको १९ सदस्यीय जिल्ला कार्य समितिको निर्वाचनका लागि ३३ जनाको उम्मेदवारी कायम भएको छ । शुक्रवार (आज) भएको अन्तिम मतदाता नामावली प्रकाशन अनुरुप अध्यक्ष पदमा ४ जना सहित अन्यमा उम्मेदवारी कायम रहेको छ।
यसअघि अध्यक्ष पदका ३ प्रत्यासीले आज नै उम्मेदवारी फिर्ता लिनु भएको छ । फिर्ता लिनेमा निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, पूर्वअध्यक्ष बिक्रान्तकुमार श्रेष्ठ र सुनिता पौडेल रहनु भएको छ ।
यसैगरी, वरिष्ठ उपाध्यक्षमा २ जना, महासचिवमा ३ जना, सचिवमा २ जना, कोषाध्यक्षमा २ जना र सदस्यमा १६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार अध्यक्षमा नारायणप्रसाद ढकाल, महादेव श्रेष्ठ, राजनप्रसाद घिमिरे, हिक्मत श्रेष्ठको उम्मेदवारी रहेको छ ।
वरिष्ठ उपाध्यक्षमा अर्जुन थापा र भिमकुमार श्रेष्ठ, महासचिवमा आशिष लम्साल, रविन केसी, मोहम्मद सरिफ मिया, सचिवमा प्रकाश डोटेल र रामप्रसाद लम्साल र कोषाध्यक्षमा दिपेन्द्रकुमार श्रेष्ठ र लक्ष्मण प्रधानको उम्मेदवारी रहेको छ ।
यसैगरी, सदस्यहरुमा अमृत लामिछाने, कौशिला पौडेल , गणेश अर्याल, छायादत्त सापकोटा, पृथ्वीराज अर्याल, मिना सुवेदी, मोहम्मद फारुक शाह, युवराज शर्मा, रमेश कुमार श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, रिमल नेपाली, शुलभ श्रेष्ठ, सुजन पोखरेल, सुदर्शन रेग्मी, सूर्यप्रसाद शर्मा, सुष्मा श्रेष्ठ र हिटलर पौडेलको उम्मेदवारी कायम रहेको छ ।
कार्यसमितिमा वाणिज्य उपाध्यक्षमा शा खालिद मिया, उद्योगतर्फको उपाध्यक्षमा दिपक कुमार श्रेष्ठ र महिला तर्फको उपाध्यक्षमा गंगा प्रधानको एक पदमा एक \ एक उम्मेदवारी परेको थियो । यद्यपी निर्वाचन समितिले उनीहरुको परिणाम सार्वजनिक गरेको छैन ।
यसैगरी, यही माघ १६ गते मतदान गर्नेगरी मिति तय भएको निर्वाचन समितिले जनाएको छ । सहसचिव र सहकोषाध्यक्ष पदका उम्मेदवारका योग्यता नपुगेका कारण दुबै पद रिक्त भएका छन् ।