स्याङ्जा १६ भदौ । नेपाली कांग्रेस स्याङ्जाले जिल्ला निर्वाचन समितिको कार्यालय स्थापना गरेर जिल्लाको निर्वाचन प्रक्रियालाई अघि बढाएकोे छ । नेपाली कांग्रेसले आसन्न १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि पुतलीबजार नगरपालिका १ अभियानपथ स्थित पार्टी मुख्यालयमा जिल्ला निर्वाचन कार्यालय स्थापनागरी आफना गतिबिधि अघि बढाएको हो ।
निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतमा अधिवक्ता रामचन्द्र गौतम आरसीलाई जिम्मेवारी तोकिइ केन्द्रबाट स्याङ्जामा पठाइएको छ । निर्वाचन समितिको वैठकले सहायक निर्वाचन अधिकृतमा बाबुकुमार सिग्देललाई चयन गरेको छ । उहाहरुका अनुसार संघ, प्रदेश, पालिका र वडागत रुपमा मतदान अधिकृत पनि नियुक्त गरेको तरुण नेता फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।